जमुनाहस्थित कोरोना हेल्थ डेस्कमा लापरबाही
हेल्थ टिभी अनलाइन\बाँके : नेपाल–भारत मुख्य सीमानाका जमुनाहमा सञ्चालित कोरोना जाँच हेल्थ डेस्कमा यात्रुको स्वास्थ्य परीक्षणको विवरण राख्न लापरबाही भएको पाइएको छ।
यहाँका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का नेतृत्वको टोलीले शनिबार गरेको अनुगमनका क्रममा व्यक्तिको नाम र संख्यामा लापरबाही भएकाे फेला पारेकाे हो।
नेपालगञ्ज उपमहानगरपालिकाले दुई स्वास्थ्य कर्मचारीसहित स्थापना गरेको सो डेस्क व्यवस्थित नभएको देखिएपछि अनुगमन टोलीका सदस्य उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले स्वास्थ्यकर्मीलाई जाँच गरिएका सबैको विवरण राख्न निर्देशन दिए।
प्रमुख जिल्ला अधिकारी खड्काले शङ्कास्पद व्यक्ति पाइएमा भेरी अस्पतालमा तत्काल पठाउन निर्देशन दिँदै हेल्थ डेस्कमा एम्बुलेन्सको व्यवस्थासमेत गरेको जानकारी दिए।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम