प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख
हेल्थ टिभी अनलाइन\काठमाडौँ : मिर्गौला प्रत्यारोपणको नवौँ दिन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख छ।
उनका भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको र नियमित आहार लिइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री ओलीलाई चिकित्सक र परिवारको परामर्शमा केही दिनमा निवास फर्काइने तयारी छ। मिर्गौला प्रत्यारोपणपछि बिहीवार पत्नी राधिका शाक्यले उनलाई पहिलोपटक भेटेकी छिन्।
यसअघि बुधबार घर फर्किनुपूर्व भाञ्जी समीक्षा सङ्ग्रौलाले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम