‘कोरोनाबारे सरकार नै त्रास फैलाइरहेछ’
हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले मन्त्रीहरूको अभिव्यक्तिले जनमानसमा कोरोनाबारे झनै त्रास बढेको बताएकी छिन्।
प्रतिनिधिसभा बैठकको विशेष समयमा भुसालले ‘सरकारले क्वारेन्टाइनमा राख्न सक्दैन, आफैँ बस्नू’ भन्ने स्वास्थ्यमन्त्रीको अभिव्यक्तिले सर्वसाधारण त्रासमा परेको तर्क गरिन्। सरकारले आफैँ त्रास फैलाइरहँदा कालोबजारी बढेको बताइन्। अर्थमन्त्रीले दाबी गरेअनुसार बजारमा अत्यावश्यकीय वस्तु पाउने अवस्था नरहेकाे उनकाे भनाइ छ।’खाद्यान्न तेल, इन्धन लुकाइएको छ’, उनले भनिन्, ‘सरकारले अनुगमन गरेको छैन।’
कोरोनाको डरकै कारण विश्वभर आवागमनमा रोक लगाउँदा नेपालमा किन रोक किन नलगाएको भन्ने प्रश्न गरिन्। सरकारले मौखिक रूपमा मात्र नभई व्यवहारमा देखाउनुपर्ने भुसालले बतााइन्। ‘भोलि नेपाललाई नाकाबन्दी लाग्यो भने पुग्ने औषधि र खाद्यान्नको व्यवस्था छ कि छैन’, उनले भनिन्, ‘सरकारले जवाफ देओस्।’
बैठमा नेकपाका सांसद खगराज अधिकारीले कोरोना संक्रमणबाट बच्न स्वास्थ्यकर्मीलाई तालिम र पर्याप्त कपडाको व्यवस्था गर्न सरकारलाई सुझाव दिए। कांग्रेसकी सांसद डिला संग्राैलाले संक्रमण नियन्त्रणका लागि सरकारले गरेकाे काम प्रभावकारी नभएकाे बताइन्।
राजपाका सांसद महिन्द्र राय यादवले विश्वभर फैलिसकेकाे संक्रमण राेकथामका लागि सरकारले गम्भीरता नदेखाएकाे आराेप लगाए। नेमकिपाका सांसद प्रेम सुवालले काेराेना संक्रमण नियन्त्रका लागि सरकारकाे काम प्रभावकारी नभएकाे दाबी गरे।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित