औषधि अभाव हुन नदिन सांसदले गरे सरकारको ध्यानाकर्षण
हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले काेराेना संक्रमण भित्रिन नदिन आवश्यक सावधानी अपनाउन र औषधिजन्य सामग्रीको कृत्रिम अभाव सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गरेका छन्।
प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले कोरोना भाइरसको जोखिम बढ्दै गर्दा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने क्रम बढेको र मास्कलगायत अत्यावश्यक सामग्री अभाव हुन थालेको भन्दै तत्काल आपूर्ति व्यवस्था मिलाउन सभामुखमार्फत सरकारसँग आग्रह गरेका हुन्।
नेपाली कांग्रेसका सांसद पुष्पा भुसाल गौतमले विश्वमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण नेपालमा भित्रिन सक्नेतर्फ सचेतना अपनाउन आग्रह गरिन्। नेकपाका सांसद धर्मशीला चापागाईँले बजारमा अत्यावश्यक वस्तु अभाव हुन थालेकोतर्फ ध्यानाकर्षण गराउँदै छानबिन गरी अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न आग्रह गरिन्। सामान लुकाउने र कालोबजारी गर्ने अवस्था देखिएकाले अनुगमन गरी वस्तुस्थितिबारे सार्वजनिक गर्न उनले माग गरिन्।
छिमेकी मुलुकमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिलेसम्म नेपालमा रोगको संक्रमण देखिएको छैन। चीनबाट आएका एक व्यक्तिमा देखिएको संक्रमण हटिसकेको र त्यसपछि कसैमा नदेखिएको सरकारले जनाएको छ।
बिहीबार मात्रै सरकारले ‘कोभिड–१९’ को नियन्त्रण र रोकथाम उच्चस्तरीय समन्वय समितिले कोरोना भित्रिन नदिन उच्च सतर्कता अपनाउने, बजारमा अभाव सिर्जना हुन नदिने र जनचेतनाका कार्यक्रम प्रभावकारी बनाउने निर्णय गरेकाे थियाे।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित