गर्मीयाममा यसरी बच्नुस् लामखुट्टे, झिँगा र साङ्लाबाट

जाडो सकिएर गर्मीयाम शुरु हुँदै गर्दा धेरैको चिन्ताको विषय हुन्छ, लामखुट्टे, झिँगा र साङ्ला। भान्सामा साङ्ला र झिँगाको बिगविगी र राति लामखुट्टेले निद्रा बिथोल्ने समस्याले धेरैजना आत्तिन्छन्। गर्मीमा लामखुट्टेले टाेकेर, साङ्ला र झिँगाले खानेकुरा प्रदूषित पारेर रोग सार्ने त्रास रहन्छ। याे त्रासबाट मुक्ति पाउन यी उपाय अपनाउन सकिन्छ–
लामखुट्टे भगाउन
बर्खामा जम्ने पानी, भाँडा सफा गरेर पोखाएको पानी आदि जमेको ठाँउमा लामखुट्टेले फूल पार्छ। त्यसैले घर आसपासमा पानी जम्न दिनु हुँदैन।
झ्याल, ढोकाबाट लामखुट्टे घरभित्र छिर्छ। त्यसैले त्यस्ता ठाँउमा जाली हुनुपर्छ। सुत्दा झुलको प्रयोग गर्नुपर्छ।
रासायनिक औषधिकाे प्रयाेग गरेर लामखुट्टे भगाउन त सकिन्छ। तर याे मानिसका लागि हानिकारक हुन्छ। त्यसैले प्राकृतिक उपाय अपनाउनुपर्छ। जस्तै, कोठामा एउटा कपुर जलाउने र सबै झ्यालढोका बन्द गरिदिने। १०–१५ मिनेटपछि कोठा लामखुट्टेरहित हुन्छ।
पुदिना वा यसको तेलमा किटनाशक गुण हुन्छ। घरको वरिपरि पुदिना रोप्ने र त्यसको रस झ्याल ढोकामा छर्किने गर्नाले पनि लामखुट्टे कम हुन्छ।
झिंगा भगाउने तरिका
झिंगाबाट मुक्ति पाउने पहिलो उपाय घर बाहिरभित्र सरसफाइ नै हो। घरमा बासी, कुहिएको र सडेगलेको वस्तु राख्नुहुँदैन। सफा एवं स्वच्छ वातावरण झिंगाको लागि प्रतिकुल हुन्छ।
झिंगा भगाउन गन्ध आउने तेल प्रयोग गर्न सकिन्छ। कपासमा तेल भिजाएर भित्र–बाहिर गर्ने ढोका, झ्यालको छेउमा राख्नुपर्छ। यसले पनि झिंगा भगाउन मद्दत गर्छ।
एक पारदर्शी पोलिथिनमा आधा पानी भरेर घरको प्रवेशद्वार, झ्यालको आसपास झुण्ड्याउने। यसमा परावर्तन हुने प्रकाशबाट पनि झिंगा भाग्छ।
यसरी भगाउनुस् साङ्ला
साङ्लाको सन्तान पैदा गर्ने क्षमता उच्च हुन्छ। यो प्रायः भान्साको कुनाकाप्चा, खाट, दराज आदिमा लुकेर बस्छ। साङ्लाबाट मुक्ति पाउन घरको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। सफा र उज्यालो स्थानमा यो रहन सक्दैन।
लसुन, प्याज र मरिचलाई मिलाएर पिस्ने र घोल तयार गर्ने। त्यो घोललाई एउटा बोत्तलमा राखेर कुनाकाप्चामा छर्किँदा साङ्लाको समस्याबाट राहत मिल्छ।
सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाएर साङ्ला बस्ने ठाउँमा राख्ने र त्यसको छेवैमा थोरै पानी पनि राखिदिने। सोडा खाएपछि यसले पानी पिउछ र मर्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा