मध्यपूर्वका देशहरुमा नर्स तथा डाक्टरका लागि अवसर, पीसीएल नर्सको तलब डेढ लाख
हेल्थ टिभी अनलाइन\ काठमाडौं: मध्यपूर्वका देशहरुमा नर्स तथा डाक्टरका लागि आकर्षक सुविधासहितको अवसर भएको बताइएको छ । मनास्लु इन्टरनेशनलले मंगलबार पत्रकार सम्मेलन गरी मध्यपूर्वका धेरै देशहरुमा आम्दानी र सिप सिक्न स्वास्थ्यकर्मीका लागि ठुलो बजार रहेको बताएको हो ।
कार्यक्रममा मनास्लुका अध्यक्ष बालकृष्ण श्रेष्ठले भने,’हालसम्म खाडी मुलुक जाने भनेको कामदार मात्र भन्ने बुझिन्छ तर यी देशहरुमा दक्ष नर्स तथा डाक्टरको पनि माग भइरहेको छ । उनले थपे, ‘हामीले अहिलेसम्म १०० जना भन्दा बढी नर्सलाई रोजगारका लागि साउदी अरब पठाइसकेका छौं र उनीहरु पूर्णरुपमा सन्तुष्ट छन्।’
कार्यक्रममा श्रेष्ठले नेपाली नर्स तथा डाक्टरहरु इन्टरनेशनल अस्पतालहरुमा काम गर्न सक्षम रहेको भन्दै उनीहरुलाई यो ठुलो अवसर हुने बताए । उनले नेपालमा उत्पादन भएका सबै नर्स तथा डाक्टरले काम नपाएको र तलब पनि सन्तोषजनक नभएको भन्दै यही कुरा मध्यनजर गर्दै मनास्लुले बाहिर गएर सम्मानजनक काम गर्न चाहनेका लागि यो अवसर जुटाएको बताए ।
कार्यक्रममा श्रेष्ठले मध्यपूर्वका यी देशहरुमा डाक्टर तथा नर्सको अनुभव तथा पढाइ अनुसार नेपालको भन्दा तीन गुणा बढी तलब हुने बताए । पीसीएल मात्र गरेका नर्सको तलब ९० हजार देखि डेढ लाख सम्म तलब हुने र एमबीबीएस डाक्टरको शुरुवाती तलब २ लाख पचास हजार सम्म हुने पनि उनले कार्यक्रममा जानकारी दिए । यसैगरी एमडी गरेका डाक्टरको हकमा भने १२ लाख सम्म तलब हुने पनि उनले जानकारी दिए ।
यसरी जान चाहनेका लागि डकुमेन्ट बनाउने बाहेक अन्य खर्च नलाग्ने बताइएको छ । श्रेष्ठले यूरोप, अमेरिका, क्यानडा गएका धेरे डाक्टर नफर्किने सम्भावना हुने भन्दै यी देशहरुमा भने पीआर लिन नपाइने र वर्क परमिट अवधिभर मात्र बसेर फर्किने भएकाले पनि केही सिप सिक्ने र सम्मानजनक आम्दानी गर्ने हिसाबले निकै राम्रो रहेको पनि जिकीर गरे । वर्क परिमिट शुरुमा २ वर्षको हुने र आवश्यकता अनुसार एकपटक रिन्यू गर्न सकिने पनि उनले जानकारी दिए ।
यही विषयलाई मध्यनजर गर्दै मनास्लुले आगामी शनिबार काठमाडौंमा ‘मेडिकल करिअर इन मिडिल इस्ट’ सम्मेलन गर्दैछ । जसमा त्यस क्षेत्रका स्वास्थ्य व्यवसायी, डाक्टर एवं स्वास्थ्यकर्मीको सहभागिता हुने जनाइएको छ ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र