बालबालिकालाई खुवाउनुस् घरकै सन्तुलित खाना, आवश्यक पर्दैन ‘सप्लिमेन्ट’

पछिल्लो समय मानिसहरूको खानपान र जीवनशैलीमा धेरै परिवर्तन आएको छ। बच्चाहरूको खानपान त झनै अनियन्त्रित देखिन्छ। बजारमा पाइने चिल्लो, धेरै मसलायुक्त र रंगीचंगी खोल भएका खानेकुरामा उनीहरू लोभिन्छन्। दालमोठ, चाउचाउ, बिस्कुट, कुरमुरे, लेज, मम पिज्जा, बर्गरजस्ता खानेकुरा उनीहरूको दैनिक आहार बनिरहेको छ।
अचेल अभिभावकले नै आफ्ना बच्चालाई यस्ता खानेकुरामा प्रेरित गरिरहेको पाइन्छ। अभिभावक व्यस्त रहने र घरमा बनाउन नभ्याउने हुनाले बजारमा पाइने खानेकुरा बच्चाको हातमा थमाइन्छ। अर्को कुरा घरमा बनेका भन्दा बाहिरको खाना खाँदा सभ्य भइन्छ, बढी ‘स्मार्ट’ देखिन्छ भन्ने सोचको विकास भएको छ। ‘छिमेकीका बच्चाले बजारका रंगीचंगी खान्छन् भने म पनि के कम’ भन्ने भावनाले पनि काम गरेको देखिन्छ। यस्तो अस्वस्थकर प्रतिस्पर्धाले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पारेको छ।
कतियले बालबालिकालाई बलियो बनाउन भन्दै हर्लिक्स, भिभा र बुस्ट जस्ता ‘सप्लिमेन्ट’हरू खुवाइरहेका हुन्छन्। बालबालिकालाई सन्तुलित खाना खुवाए अन्य सप्लिमेन्ट खुवाउनै पर्दैन। घरमा बनेको खानाको सट्टा नै यस्ता खानेकुराको प्रयोग गर्नु त झनै मूर्खता हो।
अचेल गाउँगाउँमा यस्तो चलन पुगिसक्यो। यस्ता कुरामा जनचेतना दिन सरकारी तवरमा कुनै कार्यक्रम भएको पाइँदैन। वर्षको एकपटक पोषणको बारेमा कुरा गरे पनि अन्य दिन त्यसबारे चर्चा चलेको पाइँदैन। चेतना अभाव र व्यस्तताका कारण बाबुआमा अफ्ना छोराछोरीको स्वास्थ्यमा खेलबाड गरिरहेका छन्। बजारमा बनाइएका र रंगीचंगी खोलमा सजाइएका खानेकुरामा नुन र चिल्लोको मात्रा उच्च हुन्छ। यसले स्वास्थ्यलाई गम्भीर असर पार्छ। यिनमा हुने चिल्लो पदार्थ शरीरमा बोसोको रूपमा परिणत हुन्छ। धेरै नुनिला पदार्थले मिर्गौलाजस्ता अंगमा असर पुर्याउँछ। यस्तै गुलियो पदार्थको अधिक प्रयोगले मोटोपन बढाउँछ।
जन्मेको दुई वर्षसम्म बालबालिकालाई अत्यधिक पोषण आवश्यक हुन्छ। बच्चाका लागि आमाको दूधभन्दा पोषिलो अरु खानेकुरा हुँदैन। अरुथोक नवजात शिशुले खान वा पचाउन पनि सक्दैन। यसकारण ६ महिनासम्म आमाको दूध मात्र खुवाए पुग्छ। तर ५\६ महिनापछि शिशुको शरीरका लागि अन्य खानेकुरा आवश्यक हुन्छ। आमाको दूधसँगै घरमा बनेका खानेकुरा लिटो, खिचडी वा दालभात मिचेर खुवाउनु पर्छ। यस्ता खानेकुराले उनीहरूले पोषण तत्त्व पर्याप्त पाउनुका साथै स्वस्थ रहन पनि सहयोग मिल्छ। घरमै बनेका पोसिला खानेकुरा खुवाउँदा भविष्यमा पनि रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ। रोग लाग्ने सम्भावना कम हुन्छ।
कतियले बालबालिकालाई बलियो बनाउन भन्दै हर्लिक्स, भिभा र बुस्ट जस्ता ‘सप्लिमेन्ट’हरू खुवाइरहेका हुन्छन्। यो सबै बेकार हो। बालबालिकालाई सन्तुलित खाना खुवाए अन्य सप्लिमेन्ट खुवाउनै पर्दैन। घरमा बनेको खानाको सट्टा नै यस्ता खानेकुराको प्रयोग गर्नु त झनै मूर्खता हो। बच्चाहरूको खानपानमा स्याहार–सुसारमा ध्यान नदिँदा उनीहरू कमजोर हुन्छन्। वृद्धिविकास नहुँदा उनीहरूमा कुपोषण हुन्छ। कुपोषणका कारण बालबालिकाको ‘इम्युनिटी पावर’ कम हुन्छ। शारीरीक र मानसिक रूपमा विकास हुन पाउँदैन। दीर्घरोगी बनाउँछ।
बालबालिकालाई स्वस्थ आहारसँगै जीवनशैलीमा समेत सेत गराउनुपर्छ। सक्ने उमेर भएपछि व्यायाम, योग. प्राणायामजस्ता अभ्यास गराउनुपर्छ। घर बाहिर भित्रका काम र बाहिरी खेलहरूप्रति आकर्षित गराउनुपर्छ। आजका बालबालिका भोलिको देश हाँक्ने व्यक्ति हुन्। त्यसैले उनीहरूको स्वास्थ्यप्रति आजैदेखि ध्यान दिन आवश्यक छ।
हेर्नुहाेस् भिडियाे :
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा