चिसोमा बालबालिकामा हुने फ्लु : यसरी अपनाउनुस् सावधानी

आम मानिसमा के धारणा छ भने, संक्रमणजन्य रोगहरू गर्मी महिनामा मात्र देखिन्छन्, चिसोयाममा असर गर्दैनन्। तुलनात्मक रूपले जाडोको तुलनामा गर्मीयाममा बढी संक्रमण फैलिन्छ र सरुवा रोगको सम्भावना बढी हुन्छ। यसो भन्दैमा जाडोयाममा संक्रमण नफैलिने भन्ने हुँदैन। संक्रमणले वयस्कभन्दा बालबालिका र वृद्धवृद्धालाई चाँडै असर गर्छ।
चिसो मौसममा अभिभावकले राम्रोसँग ध्यान नदिँदा बालबालिकामा रुघाखोकी, सिजनल फ्लु र झाडापखालाजस्ता समस्या देखिन्छन्।
चिसो मौसममा पनि सरसफाइ र खानपानमा ध्यान नदिँदा रुघाखोकी, सिजिनल फ्लु र झाडापखालाजस्ता समस्या आउने हो। सिजनल फ्लु बालबालिकामा हुने निकै ठूलो समस्या हो। चिसो मौसममा पाँच वर्षमुनिका बच्चालाई सिजनल फ्लुले गम्भीर असर पुर्याउन सक्छ। बालबालिकामा रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी पावर) कम भएका कारण उनीहरूलाई चिसोले असर गर्छ। संक्रमणले असर गर्छ। त्यसैकारण उनीहरूलाई चिसोबाट बचाउनुपर्छ।
चिसोयाममा हेलचेक्रयाइँ गर्दा उनीहरूलाई निमोनियाजस्ता समस्या आउन सक्छ। घरमा वयस्क मानिसमा रुघाखोकी वा सिजनल फ्लुको समस्या आएको छ भने बच्चालाई टाढै राख्नुपर्छ। उनीहरूका लागि प्रयोग हुने कपडामा संक्रमित व्यक्तिको कपडा मिसाउनु हुँदैन।
रुघाखोकीमात्र नभई समस्या जटिल देखिएमा सम्बन्धित डाक्टरलाई देखाउनुपर्छ। उनीहरूको स्वास्थ्य अवस्था मध्यनजर गरेर इन्फ्लुएन्जा भाइरसको भ्याक्सिन लगाउनुपर्ने समेत हुन सक्छ।
सिजनल फ्लुको लक्षण
ज्वरो आउनु
टाउको दुख्नु
खोकी लाग्नु
झाडापखाला हुनु
बान्ता हुनु
श्वासप्रश्वासमा अप्ठ्यारो हुनु
बचाउने उपाय
बालबालिकालाई संक्रमित व्यक्तिबाट टाढा राख्ने
खोक्दा र हाच्छिउँ गर्दा सफा कपडा वा रुमालले नाक मुख छोप्ने
साबुनपानीले राम्रोसँग हात धुने
बालबालिकाको सरसफाइमा विशेष ध्यान दिने
झोल पदार्थ सेवन गर्न दिने।
ज्वरो, रुघाखोकी जस्ता समस्या देखिएमा सम्बन्धित चिकित्सककहाँ गएर परामर्श लिने।
हेर्नुहाेस् भिडियाे :
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा