केयू मेडिकल कलेजका इन्टर्न डाक्टरको मासिक भत्ता बढ्याे
काठमाडौं : काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिसिनअन्तर्गत मेडिकल कलेजका इन्टर्न डाक्टरको मासिक भत्ता बढेको छ। केयूले मातहतका मेडिकल कलेजका इन्टर्न डाक्टरको भत्ता ३ हजार रुपैयाँ बढाएको हो।
केयूअन्तर्गतका मेडिकल कलेजका एमबीबीएस र बीडीएसका इन्टर्न डाक्टरले अब मासिक १३ हजार पाउनेछन्। यसैगरी, नाइट ड्युटी गर्ने डाक्टरलाई थप १५ सय भत्ताको व्यवस्था गरेको केयूको स्वास्थ्य विज्ञान कार्यकारी परिषद्ले जनाएको छ। मेडिकल कलेजका इन्टर्न डाक्टरले यसअघि नाइट ड्युटीबापत भत्ता पाउने गरेका थिएनन्।
इन्टर्न डाक्टरको मासिक भत्ता कम भएको भन्दै विद्यार्थीले आन्दोलन गरेपछि केयूले १ कात्तिकदेखि भत्ता बढाउने निर्णय गरेको थियो। निर्णय कार्यान्वयनका लागि केयूले आफूमातहतका सबै मेडिकल कलेजलाई परिपत्रसमेत गरेको छ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा