वीरगञ्ज शीतलहरले अस्तव्यस्त, महानगरपालिकाका सबै विद्यालय १० दिन बन्द
वीरगञ्ज : शीतलहरले जनजीवन अस्तव्यस्त बनाएपछि प्रदेश २ को वीरगञ्ज महानगरपालिकाले सबै विद्यालय १० दिन बन्द गर्ने निर्णय गरेको छ। महानगरपालिकाले सामुदायिक र संस्थागत गरी ३११ वटा विद्यालयमा विदा दिने निर्णय गरेको हो।
चिसोका कारण विद्यालय जाने आउने बालबालिकाको स्वास्थ्य बिग्रिनसक्ने भन्दै सबै विद्यालय बन्द गर्ने निर्णय गरेको महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए। पुस ९ देखि १८ गतेसम्म विद्यालयहरूमा विदा दिइएको छ।
मौसम अनुकुल भए विदा रद्द गरी पढाए सञ्चालन गर्ने महानगरपालिकाले जनाएको छ। अहिलेको विदा बर्खे विदामा कटाउने पनि महानगरपालिकाले निकालेको सूचनामा उल्लेख छ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा