अनगिन्ती छन् धूमपान छोड्नाले हुने फाइदा

फोक्सोमा लाग्ने अर्बुद रोग तथा सास फेर्ने समस्यालाई धेरै मानिसले धूमपानसँग जोड्छन्। हृदयरोग र रक्तनली रोगको एक मुख्य कारण धूमपान नै हो। वास्तवमा भन्ने हो भने रोकथाम गर्न सकिने रोगहरु र मृत्युको पहिलो कारण धूमपान हो। धेरै प्रकारका रोगको महत्त्वपूर्ण कारक तत्व धूमपान र सुर्ती सेवन हो। अमेरिकन हार्ट एसोसियसनका अनुसार संयुक्तराज्य अमेरिकामा हुने असामायिक मत्युलाई रोक्न नसकिने कारणमा धूमपान रहेको छ।
धूमपान र हृदयरोग बीच कस्तो सम्बन्ध छ?
धूमपान धमनीका भित्री भित्ताहरूमा एक प्रकारको बोसोयुक्त कडा पदार्थ जम्मा भएर धमनी साँघुरिने प्रमुख कारण हो। जब धमनीको भित्री भितामा त्यस्तो पदार्थ जम्न थाल्छ त्यसले रक्त प्रवाहलाई रोकीदिनछ। मुटुको धमनीको रोगमा मुटुमा रगत आपूर्ति गर्ने धमनीहरु साँगुरा हुन्छन् र गतिविधि बढेको बेलामा मुटुलाई आवश्यक अक्सिजन सहितको रगतको आपूर्ति चाहिएजति हुँदैन।
मुटुमा थप जोड भयो भने छाती दुख्न थाल्छ र अन्य लक्षण पनि देखिन थाल्छन्। जब एक वा सोभन्दा बढी धमनी पूरै अवरुद्ध हुन्छन्, तब हृदयाघात हुन जान्छ। यदि खुटा तथा पाखुरामा रगत पुर्याउने धमनीमा उपरोक्त बमोजिमको अवरोध भएका हात गोडामा रक्तसञ्चार अवरुद्ध हुनसक्छ। परिणामस्वरूप हिँड्दाखेरि खुटाका मासंपेशीहरु फर्किन्छन् र दुख्छ। यस्तो रोगले पक्षाघातका खतरा पनि वृद्धि गराउँछन्।
धूमपान र हृदयाघातबीच कस्तो सम्बन्ध छ?
कुनै पनि मानिसलाई हृदयाघात हुने जोखिमको वृद्धि उसले खाने चुरोटको संख्यामा आधारित छ। चुरोटको संख्या बढी भए बढी हृदयाघात हुने खतरा रहन्छ। जति लामो समयसम्म चुरोट तान्यो त्यति नै बढी हृदयाघात हुने सम्भावना हुन्छ। दिनको एक प्याकेट चुरोट तान्नेलाई चुरोट नखानेलाई भन्दा हृदयाघात हुने दोब्बर हुन्छ।
धूमपानसँग चिकित्सासम्बन्धी अरु के के कुरा जोडिएका छन् त?
चुरोटमा लत लगाउने निकोटिनलगायत कार्बन मोनोअक्साइड हाइड्रोजन सायनाइड जस्ता विषदी हुन्छन्। यसमा विभिन्न ४ हजार प्रकारका विषादी रसायनहरूका साथै अर्बुद रोग हुने हालसम्म पता लागेको ४३ किसिमका अर्बुदरोगका कारक तत्त्वहरु पनि हुन्छन्। धूमपानले धेरै खराब असर गर्दछ। तीमध्ये केही असर यस प्रकार छन्–
यसले मुटु र अन्य सूक्ष्म तन्तुहरुलाई चाहिने अक्सिजन कम गराउँछ।
व्यायाम गर्ने क्षमता घटाँउछ।
रक्तचाप र मुटुको गति वा धड्कन लाई बढाउँछ।
मुटुको धमनीका रोगहरु र हृदयाघात हुने खतराको सम्भावना बढाँउछ।
फोक्सो तथा घाँटीको अर्बुद रोग हुने दमको रोग हुने लामो खोकी लाग्ने जस्ता रोग लाग्ने खतरा बढाँउछ।
हात गोडामा रक्तप्रवाह गराउने धमनीसम्बन्धी रोग र पक्षघातजस्ता रोग लाग्न सक्ने खतरा बढ्दछ।
गिजाको रोग र मुखमा घाउ हुने खतरा बढाउँछ।
एन्जियोप्लास्टी वा मुटुको बाइपास शल्यक्रिया असफल हुने खतरा बढाँउछ।
धूमपानको धूवाँले अरुलाई के कस्तो किसिमले असर गर्दछ। चुरोटको धूवाँले चुरोट खानेलाई मात्र गर्दैन। कसैले चुरोट खाएको छ भने उसको वरिपरि रहेका सबैजना विशेषत केटाकेटीले स्वास्थ्यको समस्या झेल्नुपर्ने खतरा हुन्छ। वातावरणमा मिसिएको धुवाँ, जसलाई ‘प्यासिभ स्मोकिङ’ अथवा ‘सेकेण्ड स्मोकिङ’ पनि भनिन्छ। त्यसले चुरोट सेवन गर्नेको वरपर अक्सर बस्नुपर्ने व्यक्तिहरुको स्वास्थयलाई असर गर्छ।
यसले दम, अर्बुद र मुटुको रोग लाग्न सक्छ। हरेक वर्ष अरुले सेवन गरेको चुरोटको धुवाँले गर्दा उत्पन्न भएका मुटु तथा रगतका कोष्किाको रोगले ३७ देखि ४० हजार मानिस मर्दछन् भनी अमेरिकन हार्ट एसोसियसनले अनुमान गरेको छ।
धूमपान छोड्नाले हुने फाइदा
धूमपानले आफैँलाई र आफ्नो वरपर बसेकाका मानिसलाई कतिको नोक्सान गर्छ भनेर अब हामीलाई थाहा भइसक्यो।
धूमपान गर्न छाड्यौं भने हुने फाइदा
जीवन लामो छ। अमेरिकन हार्ट. एशोसियसनका अनुसार ३५ वर्षको उमेरमा धूमपान छोड्ने मानिसले ६ देखि ९ वर्ष थप्छ। त्यस्तै ६५ वर्षको उमेरमा चुरोट छोड्नेले १ देखि ४ वर्षको उमेर थप्छ।
यसले छाती तथा घाँटीको अर्बुद रोग हुने दमको रोग हुने लामो खोकी लाग्ने फोक्सोको जटिल सङक्रमण र फोक्सोका काषिकाहरुमा एक प्रकारको तनाव हुने रोग लाग्नबाट जोगाउछ।
मुटुरोग लाग्ने र पक्षघात हुने खतरा कम गर्छ। धूमपान नगर्नाले ५० प्रतिशत वा सोभन्दा बढी हृदयाघात दोहोरिने वा मुटुको रोगबाट मृत्यु हुने खतरा कम हुन्छ। धूमपान गर्न छोड्नाले रक्तचाप बढने धमनीमा अरु रोगहरु लाग्ने तथा पक्षाघात हुने खतरा कम हुन्छ।
मुखमा घाउ आउने गिजामा रोग लाग्ने तथा अन्य धेरै यस्ता अवस्थालाई कम गर्छ।
स्वस्थ भएको आभास गराउछ। धूमपान त्याग्नाले दाँत कालो हुने, चाउरीपन आउने कपाल तथा लुगा गन्हाउने जस्ता कुरा रोकथाम गर्न मद्दत मिल्छ। धूमपान छाडनाले गन्ध र सवाद थाहा पाउने ज्ञानेन्द्रिय सधैँ सक्रिय हुन्छन्। धनको बचत हुन्छ।
म धूमपान कसरी छोड्न सक्छु?
धूमपान छोड्नका लागि धेरै विधि र वाटाहरु छन् तर यही गर्नाले धूमपान छुट्छ भन्न चाहिँ गाहै्र छ। धूमपान त्याग्न तपाई मानसिक तथा भावात्मक दुवै रुपमा तयार हुनुपर्छ। खालि साथीहरु वा परिवारलाई खुसी बनाउन छोडेर हुँदैन आफैँले भित्री मनदेखि नै छोड्न चाहेको हुनुपर्छ।
धूमपान छोड्नु अगाडि योजना बनाउनुहोस्
छोडनु अगाडि गर्ने कुराहरू कुनै पनि कुराम सफल हुनुभयो भने त्यसलार्ई चिनो लगाउनुहोस्
धूमपान छाड्ने मिति तोक्नुहोस् र त्यसमा अडिग रहनुहोस्।
किन छोड्न चाहेको भनेर उल्लेख गर्नुहोस र त्यसलार्य धूमपान नछोडुञ्जेल र छोडेपछि पनि प्रत्येक दिन पढ्ने गर्नुहोस्।
धूमपान गर्नासाथ टिपिहाल्नुहोस। किन धूमपान गर्नुपरेको र केले गर्दा तलतल लागेको भनने कुरा पनि स्पष्टसँग टिप्नोस्।
एकैचोटि ठयाम्मै रोक्नुभन्दा पहिले खास खास अवस्थामा गर्ने धूमपान नगर्नुहोस्। जस्तै कार्यालयको खाली समयमा रातको खानापछि आदि।
धूमपानको सट्टामा गर्न सकिने गतिविधिको सूची बनाउनुहोस्।
म धूमपान नगर्ने व्यक्ति हुँ भन्ने विचार राख्नुहोस्।
धूमपान छोड्ने योजना परिवार र साथीहरुलाई सुनाउनुहोस र उनीहरुलाई यस काममा सहयोग गर्न अनुरोध गर्नुहोस्। साथै धूमपान गर्ने परिवारका सदस्यलाई आफूसँगै धूमपान छोड्न अनुरोध गर्नुहोस्।
आफ्नो स्वास्थयको हेरविचार गर्ने प्यक्तिसँग धूमपान छोड्न मद्दत गर्ने चिजहरूका बारेमा सोध्नुहोस्। किनभने निकोटिनको मात्रा पाईने निकोटिनयुक्त पदार्थहरु सुध्ने चिजहरु जिब्रोमा राख्ने चक्कीहरु नाकभित्र छर्ने स्प्रेहरु र यस्तै प्रकारका काम गर्ने अरु ओखतीहरु ब्जारमा उपलब्ध हुन्छन्।
यदि धूमपान छोड्नुभयो भने
आफ्नो झोलामा घरमा वा कार्यालयको घर्रामा भएका चुरोटहरुलाई नष्ट गर्नुुहोस्।
धूमपान सँग सम्बन्धित सामाग्रीहरु जस्तै खरानी हाल्ने भाँडा लाइटर आदि अगाडि नराख्नुहोस्।
धूमपान गर्ने व्यक्ति सँगै बस्नुहुन्छ भने उसलाई आफू उपस्थित भएको बेला धूमपान नगरिदिन अनुरोध गर्नुहोस्। अझ उसलाई पनि धूमपान छोड्न प्रोत्साहन गर्नु बेस हुन्छ।
तलतल लागेकोमा धेरै ध्यान केन्न्द्रित नगर्नुहोस्। यो एक अस्थायी चाहना हो भन्ने सम्झना राख्नुहोस र किन धूमपान छोड्न लागेको भन्ने कुरा आफूलाई सम्झाइराख्नुहोस्।
आफूलाई व्यस्त राख्नुहोस्। धूमपानको बदलामा गर्न सकिने गतिविधिहरुका बारेमा पुनरावलोकन गर्नुहोस्।
धूमपान गर्ने इच्क्षा जागृत भयो भने लामो लामो सास लिई १० मिनेटसम्म रोकेर छोड्नुहोस र यो प्रक्रिया धूमपान गर्ने इच्क्षा नमरुञ्जेल जारी राख्नुहोस्।
हातलाई व्यस्त राख्नुहोस्। चित्र कोर्ने सिसाकलम वा पराल खेदाईरहने वा कम्प्युटरमा काम गर्ने गर्नुहोस्।
धूमपानसँग सम्बन्धित क्रियाकलापहरु परिवर्तन गर्नुहोस। फुर्सदको बेला धूमपान गर्नुको बदला हिडने वा पढ्ने गर्नुहोस।
हुनसक्छ भने सकेसम्म धूमपान हुने ठाँउ धूमपान गर्ने व्यक्ति र धूमपानसँग जोडिएका कुराहरुसित सम्पर्कमै नआउनुहोस्। धूमपान नगर्ने सित वा यो गर्न इजाजत नभएको ठाँउमा समय व्यतीत गर्ने प्रयास गर्नुहोस्।
चुरोटको साटो खानेकुरा वा चिनीले बनेका चिजहरु नखानुहोस्। धूमपान गर्न मन लागेको बेला कम क्यालोरी भएका खाने कुरा खानुहोस। तौल बढ्न नदिनुहोस्।
प्रशस्त मात्रामा झोल पदार्थ पिउनुहोस। मदिरा र पेय पदाथै नपिउनुहोस यिनले धूमपान गर्ने तलतल बढाउँछन्।
धूमपान नगर्नेले धूमपान गर्दैन। म त्यही हुँ भनी आफूलाई चनाखो राख्नुहाेस्।
व्यायाम गर्नुहोस। व्यायामले धेरै फाइदा दिन्छ। साथै यसले धूमपानको लतमा मन बहलाउन रोक्छ।
डा.रावतको स्वस्थ जीवनशैली स्वस्थ मुटु पुस्तकबाट
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा