अस्पताल बन्दै स्वास्थ्यचाैकी
काभ्रे : चौरीदेउराली गाउँपालिका–५ भालचौरमा १५ शय्याको अस्पताल निर्माण शुरु भएको छ। प्रदेश ३ सरकारको आर्थिक सहयोगमा नयाँ भवन निर्माणकार्य शुरु गरिएको हो।
साविक धुसेनी शिवालय स्वास्थ्य चौकीकाे स्तरोन्नति भई १५ शय्याको अस्पताल बन्ने भएको हो। २१ रोपनी जग्गामा अस्पताल भवन बन्न लागेकाे हाे।
चौरीदेउराली गाउँपालिकाका प्राविधिक कृष्ण भण्डारीका अनुसार चार करोड २५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सो भवन अहिलेका लागि एक तलाको बन्नेछ । वडाध्यक्ष राजकुमार गौतमले निर्माणको तीव्र भइरहेको र अस्पतालका लागि चिकित्सक नियुक्ति प्रक्रिया अघि बढेको बताए।
गत कात्तिक २५ गते प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले भवन शिलान्यास गरेका थिए। अस्पताल बनेपछि गाउँपालिकालगायत आसपास रहेका भुम्लु गाउँपालिका, रामेछाप र दोलखाका बासिन्दालाई समेत सेवा पुग्ने जनाइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण