स्वास्थ्य सचिव डा चौधरीले राजीनामा स्वीकृत गरीपाउँ भनी फेरी दिइन् निवेदन
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा पुष्पा चौधरीले सरकारले आफनो राजिनामा स्विकार नगेपछि उक्त निर्णयलाई पुनर्विचार गर्न पुन निवेदन दिएकी छिन्।
मन्त्रालयमा काम गर्ने वातावरण नभएको भन्दै डा चौधरीले सचिव पदबाट राजीनामा दिएकी थिइन। तर सरकारले भने उनको राजिनामा अस्वीकृत गरेको थियो। त्यसो त डा चौधरीले विश्व स्वास्थ्य संगठनमा नाम निकालेर सचिव पदबाट राजिनामा दिएकी भए पनि आफूले आकर्षक जागिरकै लागि राजिनामा नदिएको बताउँदै आएकी थिइन।
डा चौधरीले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटी आफू मन्त्रालय आउन नचाहेको भन्दै राजीनामा स्विकृत गराउन सहयोग गर्न आग्रह गरेकी छिन्। डा चौधरीले कात्तिक ३ गते राजीनामा बुझाएर मन्त्रालय आउन छोडेकी थिइन।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण