Health TV Online
Health TV Online
Health TV Online

समोआमा दादुराबाट ६२ जनाको मृत्यु

समोआमा दादुराबाट ६२ जनाको मृत्यु

टापुहरूकाे देश समोआमा दादुराको महामारीबाट ६२ जनाको मृत्युको छ। सरकारले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार सामोआमा चार हजार २१७ जनामा दादुरा संक्रमण भएको छ।

गएको २४ घण्टाभित्र नै १६५ जनामा दादुराको सङ्क्रमण भएको जनाइएको छ। हाल मात्र पनि यस रोगबाट सङ्क्रमित १६७ अस्पतालमा भर्ना छन्। सबै स्कुल बन्द गर्नुको साथै सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ।

बिहीबार र शुक्रबार, सबै सार्वजनिक र सरकारी सेवाहरू बन्द गरिनुका साथै सार्वजनिक खोप अभियानमा सहयोग गर्न कर्मचारीहरूलाई सरकारले आग्रह गरेको छ। खोपको आवश्यकता पर्ने परिवारहरूलाई घरको बाहिर रातो झण्डा वा कपडा छोड्न सरकारले आह्वान गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार