हृदयाघात जीवनको अन्त्य पक्कै होइन!

हृदयाघात भनेपछि त्यसको त्रासले गर्दा मानिसमा ‘अब मेरो जीवन कस्तो हुने हो?, म स्वस्थ र सामान्य स्थितिमा रहन्छु कि रहन्न? ’भन्ने डर सधैँ भइरहन्छ। बिरामी जब ऊ कामै नलाग्ने भइसक्यो भनेर मनोबल गिराउँछ र सामान्य जीवन जिउन पनि उसलाई कठिन हुन थाल्छ। त्यो अवस्था साँच्चिकै दयनीय बन्न सक्छ।
निश्चित रुपमा हृदयाघात एउटा ठूलो झड्का हो तर यो नै जीवनको अन्त्य होइन। हृदयाघात भएर बाँचेका मानिसले यसलाई अहोभाग्यका रूपमा लिनुपर्छ जस्तो मलाई लाग्छ। किनभने यसबाट पाएको शिक्षाले उनीहरूलाई बाँकी जीवन सहज र राम्रोसँग बिताउने सुवर्ण अवसर प्राप्त हुन्छ। मरेको भए त्यो सबै गुम्ने थियो। त्यसैले आजैबाट आफ्नो जीवनशैलीलाई नियमित बनाउन प्रयास गर्नुहोस् र जीवनलाई पहिलेको भन्दा बढी गुणात्मक बनाउनुहोस्।
रोगको बारेमा सबैले जानकारी राख्नुपर्छ
हामी आफनो स्वास्थ्यसम्बन्धी कुराहरूमा सधैँ होशियार हुुनुपर्छ। सबैले आफलाई के भएको हो भनी उपचार गर्ने चिकित्सकसँग विस्तृत रुपमा सोध्नुपर्छ। हाम्रो मुटुको मांसपेशीलाई रगत आपूर्ति गर्र्ने धमनी अकस्मात् बन्द भएर हृदयाघात हुन्छ। बन्द भएको धमनी औषधिको प्रयोग गरेर वा बेलुन एन्जियोप्लास्टी र स्टेन्ट प्रत्यारोपण गरेर खोल्नु यसको सबभन्दा राम्रो उपचार हो। हृदयाघातले मुटुलाई कति नोक्सान गर्यो वा कमजोर पार्यो भन्ने कुरा कति छिटो सही उपचार उपलब्ध हुन्छ भन्ने कुरामा निर्भर गर्छ। बाँच्यौँ, अब ईश्वरप्रति आभार व्यक्त गर्दै जीवनशैली बदलौँ।
सही उपचार भनेको राम्रो स्वास्थ्यलाभतर्फ उन्मुख हुनु हो। त्यसैले यसलाई जारी राख्न बिरामीले आफूलाई नचाहिँदो तनाव र दबाबबाट मुक्त राख्नुपर्छ। आफ्नो उपचार गर्ने हृदयरोग विशेषज्ञको सल्लाह लिएर स्वास्थकर खाना खाने र शारीरिक व्यायाम गर्ने किसिमको दिनचर्या बनाउने बानी बसाल्नुपर्छ। जति धेरै ज्ञान भयो त्यति नै धेरै सकारात्मक रूपमा बिरामीले जीवन बिताउन सक्छ। हामीले खानपान असहज जीवनशैली आदि विभिन्न कारणबाट हृदयाघात हने सम्भावना बढी हुने हुन्छ भन्ने कुरा जानिसक्यौँ।
वास्तवमा यो एक नितान्त पारिवारिक मामिला हो। हृदयाघात भएपछि त्यो व्यक्तिले आफूलाई मुटुको रोगी ठान्न थाल्छ। कुनै बेला त बिरामीले आफैँलाई धिक्कार्ने स्थिति पनि आउन सक्छ। यस्तो विचारले तनाव बढेर परिस्थिति झन् जटिल हुने सम्भावना हुन्छ। त्यसैले विचारलाई छोडेर, केही नियम अँगालेर सामान्य जीवन व्यतीत गर्नुपर्छ।
जोखिम कम गर्न यीमध्ये केहीलाई हामी बदल्न सक्छौँ तर केही त हाम्रो नियन्त्रण बाहिरका हुन्छन्। जस्तै वंशाणुगत रूपमा आएका कुराहरू हामीले चाहेर पनि नियन्त्रण गर्न वा हटाउन सक्दैनौँ। तर त्यसो भनेर लत छोड्न हुँदैन। हुन सक्ने हदसम्म राम्रो गर्ने प्रयास जारी राखिरहनुपर्छ। धूमपान गर्ने खाना खाने बानी बदलेर उच्च कोलेस्टेरोल, उच्च रक्तचाप , मधुमेह र तनावजस्ता तत्त्वलाई नियन्त्रण गर्न सकिन्छ। यहाँ के कुरा भनिरहनु पर्दैन भने यी सबै हृदयाघातका सहयोगीहरू हुन्। त्यसैले चुरोट तान्नेले यसलाई तुरुन्तै रोक्नुपर्छ। चुरोट छोड्नासाथ खानेकुरा मीठो लाग्न थाल्छ, व्यायाम गर्दा सजिलोपन महशुस हुन्छ र तनावको स्थिति पनि कम हुँदै जान्छ।
व्यायाम शारीरिक बनोट र शारीरिक प्रक्रिया तन्दुरुस्त राख्न चाहिने अत्यावश्यक बानी हो। व्यायामले रगत प्रवाह राम्रो राख्छ। जब मांसपेशीहरूमा रगतको राम्रो प्रवाह हून्छ हामीले आफूलाई तन्दुरुस्त, ताजा र हलुका भएको महसुस गर्दछौँ। त्यसैले हलुका व्यायाम गर्ने बानी बसालौँ। कसैले पनि खानाको मजालाई त्याग्नुपर्दैन मात्र खानेबानीमा केही हेरफेर गर्नुपर्छ र रद्दी खानेकुरा खानु हुँदैन।
कम कोलेस्टेरोल भएको खाना र कम चिल्लो तथा कम नुन भएको खानाका साथै हरियो सागपात टुसा उम्रेका गेडागुडी, लसुनजस्ता खानेकुरा मुटुका लागि राम्रा कुराहरू हुन्। त्यसैले खानामा बढी सागपात प्रयोग गर्ने गनु राम्रो हुन्छ। फुलको पहेँलो भाग र रातो मासु खाने छोड्नु असर हुन्छ। फुलको सेतो भागमा शरीरलाई चाहिने प्रोटिन रिबोल्फेबिन पोटासियम र लौहतत्त्व हुन्छ, कोलेस्टेरोल हुँदैन।
सहाराको कदर गरौँ
वास्तवमा यो एक नितान्त पारिवारिक मामिला हो। हृदयाघात भएपछि त्यो व्यक्तिले आफूलाई मुटुको रोगी ठान्न थाल्छ। कुनै बेला त बिरामीले आफैँलाई धिक्कार्ने स्थिति पनि आउन सक्छ। यस्तो विचारले तनाव बढेर परिस्थिति झन् जटिल हुने सम्भावना हुन्छ। त्यसैले विचारलाई छोडेर, केही नियम अँगालेर सामान्य जीवन व्यतीत गर्नुपर्छ। स्वतन्त्र हुनु बेस हो तर आवश्यक व्यक्तिको मात्र समस्या होइन, यो समस्या उसलाई माया गर्ने सम्पूर्ण परिवारको पनि भन्ने कुराको हेक्का राख्नुपर्छ।
रोग र त्यसबाट हुने असरका बारेमा जान्न बुझ्न खोज्ने आफ्नो मानिसहरूको कदर गर्नुपर्छ। किनभने तिनीहरू बिरामी व्यक्तिसरह नै नयाँ परिस्थितिलाई अँगाल्न प्रयासरत हुन्छन्। उनीहरूलाई स्वास्थ्यलाभको प्रक्रियामा काँधमा काँध मिलाएर स्वागत गर्नुपर्छ। अर्को शब्दमा भन्ने हो भने उनीहरूसहित भएर आफ्नो स्वास्थ्यलाभको कार्यक्रमलाई फलदायी बनाउनुपर्छ। चिकित्सकले बिरामीले जीवनशैलीलाई कसरी परिवर्तन गर्नपर्छ भनेर बुझ्नेगरी भनिदिनु जरुरी छ।
मानसिक तथा दार्शनिक पक्ष
हृदयाघात भैर वा मुटुको रोग लागेर स्वास्थ्लाभ गरेपछि बिरामीको मानसिक तथा दार्शनिक दृष्टिकोणमा ठूलो परिवर्तन भएको मैले पाएको छु।
चिकित्सक र आफैँमा विश्वास राखेमा जीवनलाई उत्तर बनाउन धेरै मद्दत पुग्छ। वेलावेलामा चिकित्सककहाँ गएर जाँच गराइराख्नुपर्छ। आफ्नो स्वास्थ्यस्थितिबारे धेरै व्यक्तिहरूसँग कुरा गर्नु राम्रो होइन। चिकित्सकको सल्लाहविना औषधि खाना रोेक्नु हुँदैन।
मरेर बाँचेको आफ्नो अनमोल शरीरलाई नयाँनयाँ विचारहरू र लक्ष्यमा लाग्न प्रेरित गर्नुपर्छ। मुटुको रोग लागेर स्वस्थ भएको ममात्र होइन, त्यस्ता लाखौँ मानिस यो संसारमा छन् जसले जीवनलाई फलदायी र गुणात्मक बनाएका छन् भन्ने बुझ्नुपर्छ। किनभने हृदयाघातबाट बाँच्नु भनेको नयाँ र सकारात्मक जीवन व्यतीत गर्न मौका पाउनु हो। यसलाई एकदम सफल बनाऔँ।
स्वस्थ जीवनशैली स्वस्थ मुटु
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा