टाउको दुखिरहन्छ ? ब्रेन ट्युमर त होइन ?

कुनै व्यक्तिलाई टाउको दुख्ने कुनैलाई नदुख्ने तथ्य कारण के हो कसैलाई थाहा छैन। यस्ता व्यक्तिको नसा अरुको भन्दा बढी संवेदनशील हुन्छ। यदि तपाईँलाई धेरै वर्षदेखि नै टाउको दुखिरहेको छ बीचबीचमा पूरै हुन्छ भने तपाईँलाई माइग्रेन भएको हुने धेरै सम्भावना छ।
ब्रेन ट्युमरको टाउको दुखाइ लगातार दुख्ने निहुरिँदा खोक्दा बढ्ने र बान्ता हुने गर्छ। बिहानै टाउको दुख्ने यसको अर्को लक्षण हो। यस बाहेकका पनि अन्य धेरै किसिमको नामकरण गरिएको पाइएको छ।
आवश्यक छ सीटी वा एमआरआई गर्न?
माइग्रेन टाउको दुखाइलाई ‘सीटी’ वा ‘एमआरआई’ गर्न जरुरी छैन। किनकी यो दुवै जाँचमा केही खराबी देखिँदैन। अरु रोगमा शंका भएमा सीटी वा एमआरआई गरेर हेर्न सकिन्छ। अथवा भिन्न किसिमको लक्षण भएमा सीटी वा एमआरआइ गरिछ।
डाक्टरले के गर्छन्?
यसको लागि २ प्रकारको औषधि हुन्छ। दुखेको बेलामा खाने औषधि या अरु दुखाइ कम गर्ने औषधि खाने। यस्ता औषधि दुख्न थालेको जति सक्यो चाँडो खानु पर्छ। धेरै दुखाइ खपेर ढिलो औषधि खाएमा निको नहुन सक्छ।
ट्रिप्टान
यो औषधि नसा फुल्ने प्रक्रियालाई नै रोक्छ। यसलाई तुरुन्त खाएमा ६० प्रतिशत र इन्जेक्सन लगाएमा ८० प्रतिशत व्यक्तिमा असर देख्ने सकिन्छ। यो अली महँगो भए पनि ज्यादै राम्रो औषधि हो। एरगोट भएको औषधिले माइग्रेनलाई ज्यादै राम्रो गर्छ त र दुर्भाग्यवस यो औषधि नेपालमा पाइँदैन। तर यो औषधिहरुको उपयोग डाक्टरको सल्लाहरुमा मात्र गर्नु पर्छ।
के आफैँले पनि यो रोगलाई कम गर्ने उपाय छ?
छ अवश्य! माइग्रेनको सम्बन्ध खान पान उठबससँग हुने भएकाले राम्रो विचार पुर्याउन पर्ने हुन्छ। हरेक व्यक्तिलाई टाउको दुख्ने कारण छुट्टाछुटै हुने भएकाले माइग्रेन भएको व्यक्तिले दैनिक माइग्रेन चार्ट राख्नु राम्रो हुन्छ। यसले के कारणले गर्दा आफूलाई टाउको दुख्ने हो थाहा हुन्छ।
खाना
दहीबाट बनेका परिकारहरु जस्तै चिज र पनिर। रक्सीको सेवन विशेषगरी बियर र रातो वाइन चीज चकलेट गुन्द्रुक या खाँदेको अचार आजिनोमोटो कफीले माइग्रेन गराउन सक्ने भएकोले सकभर यी चीजहरूको सेवन गर्नु हुँदैन तर व्यक्तिपिच्छे माइगे्रन गराउने खाना फरक हुने भएकोले गर्दा आफूलाई कुन खाना खानु हुँदैन। खान हुने नहुने केही कुरा आफैँ पत्ता लगाउनु पर्छ।
हर्मोन
महिलामा महिनावारीको आसपासमा या पिल्स को सेवन माइग्रेन गराउन सक्छ। चिन्ता ज्यादा सोच्ने, अनिद्रा, कब्जियत त आदि माइग्रेनको लागि राम्रो होइन।
मौसमको फेरबदल, सफर, खाना खाने समयको गडबडीमा पनि होश पुर्याउनु पर्छ। आफूलाई गाहो हुन थाले स्वास्थय परामर्श अवश्य लिनुपर्छ।
टाउको दुखिहालेमा आफैँले गर्ने कुरा
अँध्यारो कोठामा आराम गरेर बस्ने, घाँटीमा बरफ राख्ने, दुखेको भागमा बिस्तारै मालिस गर्ने, चुरोट नखाने र ध्यान गर्ने आदि कार्यले मद्दत पुर्याउँछ।
दुखाइ नै हुन नदिने अथवा दुखाइ पर सार्ने औषधि
दुखाइ पटक पटक भएमा यस्तो औषधिको सेवन गर्नु पर्ने हुन्छ। यो औषधि दुखे पनि नदुखे पनि खानुपर्ने हुन्छ। यसले दुखाइलाई पर सार्छ। यो औषधि खाँदैमा दुखाइ नै नहुने चाहिँ होइन। यस्ता औषधिमध्ये केही ‘वल्ड प्रेसर’मा प्रयोग हुने तथा ‘एमिटिप्टालिन’ आदि पर्छन्। यस्तो औषधिको प्रयोग त्यो वेलामा गरिन्छ, जुन दुखाइ ज्यादै छिटोछिटो हुन्५। माइग्रेन रोग लागेमा निको नै पार्न नसकिए पनि यसलाई नियन्त्रणमा भने राख्न सकिन्छ।
माइग्रेन एक संक्षिप्त जानकारी
अन्नपूर्ण न्यूरो अस्पताल
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा