प्रधानमन्त्रीकी निजी चिकित्सक शाह भन्छिन्, तत्काल डायलासिस गराउनुपर्ने अवस्था छैन
काठमाडौं : प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंह शाहले प्रधानमन्त्री केपी शर्मा ओली तत्काल डायलासिस गराउनुपर्ने अवस्थामा नरहेको बताएकी छिन्।
मिर्गौलाले काम गर्न छाडेर अस्वस्थ भएपछि आइतबार ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको तेस्रोपटक डायलिसस गराउने कार्यक्रम थियो। डा. शाहले भने अहिले नै डायलसिस गर्नुपर्ने अवस्था नरहेको बताएकी हुन्।
यसैबीच प्रधानमन्त्री ओली आइतबार दिउँसो महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर जाँच गराई बालुवाटार फर्केका छन्। डा. शाहले प्रधानमन्त्री नियमित ‘फलोअप’का लागि शिक्षण अस्पताल आएको बताइन्।
‘छातीमा केही समस्या छ कि भनेर हेर्यौँ। खासै समस्या देखिएन’, उनले भनिन्, ‘तत्काल डायलासिस गराउनु पर्दैन। तर हामी ‘पर्ख र हेर’को अवस्थामा छौँ। उनको स्वास्थ्य अवस्था तलमाथि भइरहेकाले सतर्क रहेको उनले बताइन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण