Health TV Online
Health TV Online
Health TV Online

तिहारले पाँच दिन पछि सर्याे डा. केसीकाे अनशन

तिहारले पाँच दिन पछि सर्याे डा. केसीकाे अनशन

काठमाडौं : प्रा.डा. गोविन्द केसीले सत्याग्रहको कार्यक्रम कात्तिक १८ गते सारेका छन्।

असोजको अन्तिम साता त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाश लिँदै गर्दा डा. केसीले ६ बुँदे माग राख्दै  कात्तिक ८ गतेसम्म पूरा नभए १३ गतेदेखि अनशन बस्ने घोषणा गरेका थिए। नेपाली हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारका कारण संघर्षको कार्यक्रम केही दिन पर सारेको उनले बताएका छन् ।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै केसी लामो समयदेखि संघर्षरत छन्। यसअघि उनी १६ पटकसम्म अनशन बसिसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार