Health TV Online
Health TV Online
Health TV Online

काठमाडौँ र ललितपुरमा रगत अभाव : भक्तपुर भन्छ, नपाए यहाँ आउनुस्

काठमाडौँ र ललितपुरमा रगत अभाव : भक्तपुर भन्छ, नपाए यहाँ आउनुस्

काठमाडौं : ठूला चाडपर्वका कारण काठमाडौंमा रगत अभाव भएको छ। नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाले काठमाडौँमा यो सातादेखि रगत अभाव भएको भन्दै रक्तदान गर्न आह्वान गरेको छ।

रेडक्रसका अनुसार चाडपर्वका कारण कलेजहरू समेत बन्द भएकाले दशैँपछि रक्तदान कार्यक्रम घटेकाले रगत अभाव भएको हो। अहिले मागबमोजिम रगत आपूर्तिमा कठिनाइ भएको रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले बताए। ‘डेंगु लगायत विभिन्न रोगबाट प्रभावित बिरामीका लागि रगतको माग छ’, उनले भने, ‘यस्तो अवस्थामा बिरामीका आफन्तलाई अनुरोध गरेर रक्तदान गर्न भनिरहेका छौँ।’

रक्तसञ्चार केन्द्रका अधिकृत राम श्रेष्ठका अनुसार अहिले सेवा केन्द्रको कालिमाटी कार्यालयमा दैनिक औसत ३०० युनिट रगत माग छ। केन्द्रकी निर्देशक मनिता राजकर्णिकारले सकेसम्म धेरै संघ संस्थासँग रक्तदान कार्यक्रमका लागि पहल गरिरहेको बताइन्। यस्तै ललितपुरको रक्तसञ्चार केन्द्रमा पनि रगत अभाव रहेको सभापति बाबुराजा महर्जनले जानकारी दिए।

काठमाडौंमा नपाए भक्तपुर जानुस्

काठमाडौं र ललितपुरमा अभाव देखिएपछि रक्तसञ्चार भक्तपुर शाखाले भने ‘रगत नपाए भक्तपुर जानु’ अभियान चलाएको छ। छिमेकी जिल्ला र स्थानीय संघ संस्थाबाट रगत आपूर्तिको व्यवस्था गरिरहेको शाखाका सभापति मनोज थापाले बताए। ‘बिरामीका आफन्तले अस्पतालको पुर्जी ल्याएपछि स्थानीय डोनरहरूको नेटवर्कलाई अनुरोध गरेर रगतको व्यवस्था गरिरहेका छौँ’, उनले भने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार