दशैँमा डा.ओममूर्ति अनिलका ५ टिप्स
दशैँं परिवारसँगै रमाइलो गर्नुस्

दशैँ मीठो खाने, राम्रो लगाउने र आफन्तसँग भेटघाट गर्ने चाडका रूपमा परिचित छ। नेपालमा सबैभन्दा लामो बिदा हुने भनेकै दशैँँमा हो। खेतीपातीको कामबाट फुर्सद पाएका किसानदेखि मजदुर, कर्मचारी र विद्यार्थीलगायत सबैका लागि यो चाड विशेष हुन्छ। सही ढंगले मनाउन नजान्दा र फुर्सदको सदुपयोग गर्न नजान्दा दशैँ बोझ पनि बन्न सक्छ। यो चाडलाई कसरी विशेष बनाउने भन्ने कुरा चाहिँ हाम्रै हातमा छ।
बढ्दो आधुनिकताले अहिले परिवारका सदस्य सँगै भएर पनि सँगै हुन नसक्ने स्थिति ल्याएको छ, मोबाइलले। त्यसैले यो दशैँँको फुर्सदमा मोबाइललाई होइन घर परिवारलाई समय दिऔँ। धेरैले दशैँँलाई खाने, पिउने र मोजमस्ती गर्ने पर्वको रूपमा मात्र लिन्छन्। रमाइलो गर्दा स्वास्थ्यको ख्याल गर्न अत्यन्त जरुरी छ। त्यसकारण यसपालि दशैँ मनाउँदा यी कुरामा ध्यान दिनुस्—
दशैँंमा घरपरिवारका सबैजना भेट हुन्छ। यही वेला सबै जनासँग सँगै बस्न पाइने हुँदा परिवारसँग आफ्ना कुरा ‘सेयर’ गर्नुस्। परिवारका सदस्यसँगै धेरै समय बिताउनुस्। आमाबुबाका कुरा सुन्ने गर्नुस्। दशैँंमा पनि अरुवेला जस्तै मोबाइलमा झुण्डिएर नबस्नुस्। बुबाआमाले केही औषधि खाइरहनु भएको छ भने ती औषधि र मात्राबारे जानकारी लिनुस्।
कतिपय अवस्थामा बुबाआमा एक्लै बस्ने हुँदा औषधिको मात्रा नपुगेको वा बढी भएको पनि हुनसक्छ। सँगै बसेर उहाँहरूको कुरा सुन्ने, कोठा सफा गर्दिने जस्ता काम गर्नुस्।
सकेसम्म मदिरा सेवन नगर्नुस्
दशैँँमा मासुसँगसँगै धेरै जना मदिरा सेवन गर्छन्। मासु र मदिरा सँगै खाँदा यसले पुर्याउने हानि बढ्छ। विदाको समय हुने भएकाले पनि धेरै जना जम्मा हुने र लामो समयसम्म मदिरा खाने गरेको पाइन्छ। अझ आजभोलि त पाहुनालाई स्वागत नै मदिराले गर्ने चलन छ। यसका कारण मात्रा बढ्दै जान्छ। दशैँँ त हो भन्दै खाँदा यसले ठूलो हानि पुर्याउँछ। दशैँं भन्दैमा मदिरा पिउनैपर्छ भन्ने छैन। मदिरा सेवन सकेसम्म गर्दै नगर्नुस्। नसके थोरै रमाइलोका लागि मात्र सेवन गर्नुस्। तर याद राख्नुस् थोरै–धेरै जति खाए पनि यसले हानि नै गर्छ। फाइदा पुर्याउँदैन।
कोल्ड ड्रिंक्सबाट टाढै बस्नुस्
दशैँंमा मदिरा नखानेले पनि सुगरयुक्त कोल्ड ड्रिंक्स लिने गरेको पाइन्छ। घरमा आउने पाहुनालाई सत्कार गर्ने पेय पदार्थ बनेका छन्, कोक, फ्यान्टा, स्प्राइट। जे नाममा आए पनि यी पेय पदार्थ स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छन्। अझ मदिरा जत्तिकै हानिकारक हुन्छन् भन्छु, म। चिनीको मात्रा अत्यधिक हुने हुनाले यी पेय पदार्थले शरीरलाई ठूलो हानि पुर्याउँछन्। त्यसैले दशैँंमा यस्ता डिं«क्सको प्रयोग आफू पनि नगर्नुस् र अरुलाई पनि नदिनुस्।
रातो मासुको प्रयोग कम गर्नुस्
हाम्रो समाजमा दशैँं भनकै टन्न मासु खाने चाड भनेर बुझिन्छ। यसले पुर्याउनसक्ने हानिका बारेमा ज्ञान नभएर पनि आममानिसमा यस्तो धारणा बनेको हुनसक्छ। दशैँंका नाममा दुई दिनको रमाइलोले जीवनभरका लागि रोग निम्तिन सक्छ। त्यसैले रातो मासु धेरै सेवन नगर्नुस्। घरमै मार हान्ने चलनले पनि मासुका अनेक परिकार बन्छन्। त्यसैले मासुलाई सकेसम्म उसिनेर वा कम तेल र मसला हालेर पकाउनुस्। थोरै मात्रामा सेवन गर्नुस्। बोसो कम भएको ताजा र स्वस्थकर मासु राम्ररी पकाएर मात्र खानुस्।
औषधि लिन नबिर्सौँ
दशैँंका बेला हामी परिवार र आफन्त भेट्न जाने वा अन्यत्र जाने धुनमा कतिले औषधि लैजान बिर्सिन्छन्। नियमित खानुपर्ने औषधि एक मात्रा मात्र छुटाउँदा पनि शरीरमा ठूलो असर पुग्छ। त्यसैले दीर्घरोगीहरूले औषधि आफूसँग लिएर हिँड्नुपर्छ। किनभने आफूले खाइरहेको औषधि अन्यत्र नपाइन पनि सक्छन। त्यसैले बाहिर रहुञ्जेल पुग्नेगरी औषधि लिएर जानुस्। औषधि वा स्वास्थ्यबारे केही इमरजेन्सी परे आफ्नो डाक्टरलाई फोनमै भए पनि सल्लाह लिने गर्नुस्।
परिवारसँगै रमाइलो गर्नुस्
दशैँंमा घरपरिवारका सबैजना भेट हुन्छ। यही वेला सबै जनासँग सँगै बस्न पाइने हुँदा परिवारसँग आफ्ना कुरा ‘सेयर’ गर्नुस्। परिवारका सदस्यसँगै धेरै समय बिताउनुस्। आमाबुबाका कुरा सुन्ने गर्नुस्। दशैँंमा पनि अरुवेला जस्तै मोबाइलमा झुण्डिएर नबस्नुस्। बुबाआमाले केही औषधि खाइरहनु भएको छ भने ती औषधि र मात्राबारे जानकारी लिनुस्।
कतिपय अवस्थामा बुबाआमा एक्लै बस्ने हुँदा औषधिको मात्रा नपुगेको वा बढी भएको पनि हुनसक्छ। सँगै बसेर उहाँहरूको कुरा सुन्ने, कोठा सफा गर्दिने जस्ता काम गर्नुस्। परिवारका सदस्यसँग मन्दिर जाने, साथीभाइ भेट्ने, उनीहरूसँग बाल्यकालका कुरा गर्ने गर्दा पनि मन आनन्दित हुन्छ। यसले शरीरमा सकारात्मक शक्ति सञ्चार हुनुका साथै स्वस्थ हुन पनि मद्दत गर्छ।
हेल्थ टिभी अनलाइनसँगको कुराकानीमा आधारित:
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा