डेंगु राेगमा घरेलु उपचार
आजभोलि भाइरस वा विषाणुले हुने ज्वरो र रुघाखोकी पनि फैलिएको छ। डेंंगु पनि विषाणुले नै हुने ज्वरो हो जुन साँझ र बिहानमा बढी टोक्ने जातको लामखुट्टेले सार्छ।
डेंंगु साना ठूला बालक वृद्ध सबैलाई हुनसक्छ। यसमा कुनै जटिलता नभएमा ‘एण्टिबायोटिक’ भनिने ब्याक्टेरिया मार्ने औषधिको कुनै उपयोगिता छैन। तेसले उल्टै हानि हुनसक्छ।
पूर्ण विश्राम,पचाउन सजिलो राम्रोसित पकाएको मनतातो सादा खानेकुरा, पर्याप्त मात्रामा उमालेको मनतातो वा सेलाएको पानी, गुर्जोको लहरा थिचेको, ल्वाङ , २\३ दाना मरिच र तुलसीका २\४ पात पनि राखेर उमालेको पानी समय समयमा पिउनाले छिटो सञ्चो हुन सहयोग पुग्छ।
सिटामोलबाहेक ब्रुफेन जस्ता दुखाइ कम गर्ने औषधि खानु हुँदैन। किनभने तिनले रक्तस्राव गराउन सक्छन्। यदि रक्तस्राव र रक्तचाप घट्ने भएको छैन भने आत्तिएर अस्पतालतिर दौडिनु आवश्यक छैन।
यो सजिलै सर्नसक्ने भएकाले अरुलाई जोगाउनका लागि साधारणतया ज्वरो घटेको केही दिनसम्म झुल लगाएर बस्ने गर्नुपर्छ र लामखुट्टेले नटोक्ने व्यवस्था गर्नुपर्छ।
रुघाखोकीसहितको ज्वरोमा घर आँगनकै तुलसीको रस र सबैको भान्सामा हुने अदुवाको रस केही थोपा एक चम्चा महमा मिसाई चाट्दै गर्नाले पनि धेरै लाभ हुन्छ।
डा. आचार्यकाे फेसबुक ‘स्ट्याटस’ काे सम्पादित रूप
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?