नसा च्यापिने समस्या र उपचार

पछिल्लो समय ‘नसा च्यापिने’ समस्या निकै विकराल रूपमा बढिरहेको छ। स्कुल–कलेज जानेदेखि वृद्धवृद्धा अवस्थाका व्यक्तिमा समेत अचेल यो समस्या देखिएको छ। एकै स्थानमा बसेर काम गरिरहने, निरन्तर कम्प्युटरमा बस्ने, मोबाइलमा व्यस्त हुने र बाहिरी शारीरिक अभ्यास कम भएकामा यो समस्या देखिने गरेको छ। यस्तै अप्राकृतिक खानपानले पनि यो समस्या निम्त्याउन सहयोग गरेको छ।
के हो नसा च्यापिने समस्या?
ढाडमा मेरुदण्ड( हड्डी) हुन्छ। बाहिरपट्टी मांसपेसी, लिगामेन्ट र नसा हुन्छ। यी मांसपेशी, लिगामेन्ट र नसामा कुनै समस्या आयो भने हामी ढाड, कम्मर र गर्धन दुखाइको अनुभव गर्छौँ। नसा च्यापिने कारण कम्मर दुख्ने वा गर्धन दुख्ने समस्या बढेको छ।
अन्य कारणले दुखेको नसा च्यापिएको वा अन्य कारणको दुखाइमा चाहि ‘पेन’ गर्धनमा हो। कम्मरमा कुनै ठाँउमा मात्र सीमित हुन्छ। नसा च्यापिएको भने हाततिर सर्ने, झमझमाउने, पोल्ने र हात भारी हुने जस्ता समस्या देखिन्छ।
कम्मरको नसा च्यापिँदा खुट्टातिर दुखाइ सर्छ। कहिले दायाँ, कहिले बायाँ हुन्छ। साथसाथै केही समयपछि झमझमाउने, पोल्ने, निदाउने, भारी हुने र लाटो हुने लक्षण देखिन्छ।
मानव शरीर हिँडदा, बस्दा, सुत्दा ठीक अवस्था (पोस्चर) मा राख्नुपर्छ। पोस्चर नमिल्दा पनि नसा च्यापिने समस्या हुन्छ। मेरुदण्डमा हडडी हुन्छ। मेरुदण्डमा एउटा किसिमको तन्तु डिस्क हुन्छ। यसले हिँडदा, उफ्रिँदा दुई हड्डी नठोक्कियोस् भनेर काम गर्छ।
शारीरिक व्यायाम गर्ने गर्ने बानी कम भएकाहरूमा कम्मर वा गर्धनको नसा कमजोर हुँदै जाने, सुख्खा हुँदै जाने, सेलहरू मर्ने र हडीहरू खिइनेलगायत कारण नसा च्यापिन पुग्छ।
परीक्षण
नसा च्यापिएपछि पीडा हुन्छ त्यसकारण बिरामीहरू आत्तिन्छन्। बिरामीको परीक्षण गरेर यो ‘लेभल’मा, यति च्यापियो भनेर भन्न सकिन्छ। कति कसरी कुन स्थानमा च्यापिएको भनेर निर्क्योल गर्न ‘एमआरआई’ गर्नुपर्छ।
उपचार
नियमित व्यायाम गर्नु नै यसको मुख्य उपचार हो। पहिलो कुरा त कुनै पनि बिरामीको ‘लाइफ स्टाइल’ हेर्न जरुरी छ। के कारणले नसा च्यापिएको छ? दुखाइ कम गर्ने विधिसँगै बिरामीको अवस्था हेरेर मसाज पनि गर्नुपर्छ। त्यसपछि फिजियोथेरापी पद्धतिबाट हामी उपचार गर्छौँ। शारीरिक पोस्चरको बारेमा अभ्यास गराउँछौँ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा