तीज पर्व र उपवास बस्ने सही तरिका

सामान्यतया कुनै पर्वका वेला धार्मिक आस्थाले भोकै बसेर देवीदेवताको आराधना गर्ने वा विशेष कारणका लागि गरिने कामलाई उपवास भनिन्छ। तीजको उपवासको सन्दर्भमा कुरा गर्दा महिना दिनदेखि ‘गरिष्ठ’ भोजन गर्ने र एक दिन पानी पनि नखाई व्रत बस्ने चलन चलेको छ।
दर खाने बहानामा अघिल्लो दिन मध्यरातसम्म अत्यधिक गुलियो, अमिलो, पिरो खानेकुरा र माछामासुसम्म खाने र भोलिपल्ट पानीसमेत पानीसमेत नखाई व्रत बस्ने चलन पक्कै पनि राम्रो होइन। यसले शरीरलाई बेफाइदा पुर्याउँछ।
तीजको दिन पानीसमेत नखाई व्रत बस्ने परम्परा छ। स्वास्थ्यका दृष्टिले यो राम्रो होइन। पानीसमेत नखाई व्रत बसेर मन्दिर वा नाचगानमा समावेश हुँदा कति महिला बेहोश भएर लडेको हामीले देखे सुनेका छौँ।
उपवास स्वास्थ्यका दृष्टिले पनि अत्यन्तै महत्त्वपूर्ण छ। हाम्रो शरीरमा रहेको पाचन यन्त्रलाई पनि आराम चाहिन्छ। केही समय यसलाई खाली राखेर आराम दिनुपर्छ। यही दृष्टिले प्राकृतिक चिकित्सामा ‘उपवास थेरापी’ शुरु भएको हो।
सामान्यतया खाना नखाँदा शरीर कमजोर हुन्छ, ग्यास्ट्रिक बढ्छ वा अन्य समस्या आउँछ कि भन्ने भ्रम छ। तर हामीले विधिपूर्वक उपवास गर्यौँ, प्राकृतिक विधि अपनायौँ भने स्वास्थ्यका लागि हानि होइन फाइदा हुन्छ।
उपवासका विभिन्न विधि छन्। पानीमात्र खाएर गर्ने एक किसिमको विधि छ भने अर्कोचाहिँ सुप, जुस जस्ता झोल पदार्थ खाएर गरिन्छ। फलफूल मात्र खाएर उपवास बस्ने विधि पनि छ।
विधिपूर्वक उपवास गर्दा ग्यास्ट्रिक हुने होइन यो समस्याबाट मुक्तिचाहिँ पाउन सकिन्छ। ग्यास्ट्रिक बढ्ने भनेको कहिले धेरै खाने, कहिले नखाइदिने र समयको अनिमियतताले हुने हो।
मोटोपनाको समस्या हटाउन, मधुमेह–उच्च रक्तचाप–कोलेस्ट्रोल जस्ता रोगलाई नियन्त्रण गर्न उपवास फलदायी हुन्छ। अल्जाइमर्स र क्यान्सरको खतराबाट बचाउन पनि उपवासले महत्त्वपूर्ण भूमिका खेल्छ। शरीरमा यी समस्याहरू आउन नदिन उपवास बस्नु उपयुक्त हुने तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन्।
कसरी व्रने व्रत?
भोलिपल्ट हामी व्रत बस्दैछौँ भने अघिल्लो दिन हलुका खाना खानुपर्छ। पचाउन सकिने वा पाचनयन्त्रलाई भार नपर्ने खालका जस्तै फलफूल, उसिनेको तरकारीलगायत खानु राम्रो हुन्छ । शक्ति दिने जस्तो खाना खाएर व्रत वस्ने हो भने जाउलो उपयुक्त हुन सक्छ। व्रत बस्ने अघिल्लो दिन प्रशस्त पानी पिउनुपर्छ।
व्रत तोड्नुअघि पनि विशेष ख्याल गर्नुपर्छ। व्रत पूरा गर्दा पनि हल्का खानाखानाबाट शुरु गर्नुपर्छ ।
हेर्नुहाेस् भिडियाे
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा