दाँतकाे सुरक्षा : खानपानदेखि सफाइसम्ममा दिनुपर्छ ध्यान

अचेल गर्मीको बहानामा आइसक्रिम खानेर खाजाका रूपमा जङ्क फुड खाने चलन बढ्दो छ। खाजाका रूपमा घरमा बनेका मकै, भटमास, रोटी र गहुँ आदि खाने, गर्मीयाममा घरमै बनेका दही मही खाने चलन बिर्सिँदै हामी पश्चिमाको सिको गर्न थालेका छौँ। यसले बालबालिकाको दाँत मात्र नभई समग्र स्वास्थ्य समस्या भोग्न बाध्य छन्।
वृद्धवृद्धामा मात्र होइन बालबालिका र युवा अवस्थामै धेरै मानिसमा दाँतको समस्या देखिने गरेकाे छ। अभिभावकले आफ्नो सजिलो खोज्दा बच्चाहरू सानै उमेरमा दाँतका समस्या भोग्न बाध्य छन्।
यी भए खानेकुराका कुरा। दाँतको सुरक्षा गर्न अरु पनि विभिन्न कुरामा ध्यान दिनुपर्छ। दाँत माझ्ने तरिका नजान्दा फोहोर जम्मा हुने र कीटाणुहरूले दन्तजगलाई मक्काउने र कमजोर बनाउँछ। त्यसैले हामीले ४५ डिग्रीमा राखेर दाँत माझनुपर्छ। दाँतका लागि सफ्ट खालको राम्रो ब्रस प्रयोग गर्नुपर्छ। कडा ब्रसले बल गरेर माझ्दा दाँत खिइने समस्या आउँछ। ब्रसको दात माझ्ने भाग छोटो हुनुपर्छ। दाँत माझनुकाे प्रमुख उद्देश्य त्यहाँ जमेका लेउहरूलाई पूर्णरूपमा हटाउनु हो।
दाँतमा देखिने अर्को समस्या हो दन्तहर्ष अर्थात् दाँतबाट रगत आउने समस्या। यसबाट मुक्ति पाउन दाँत सफा राख्नुपर्छ। रगत आउँछ भन्दैमा ब्रस गर्न छोडनु हुँदैन। दन्तलेउ लामो समयसम्म सफा नगर्दा दन्त पत्थर बन्छ। दन्त पत्थरले राम्रोसँग सफा नगरेमा गिजामा समेत बाधा सिर्जना हुनसक्छ।
दन्तपत्थर निको बनाउन दाँतका विशेषज्ञकहाँ गएर ‘स्केलिङ’ गर्नुपर्छ। दन्तपत्थरलाई हटाउने विधिलाई नै स्केलिङ भनिन्छ। दाँतको सुरक्षाका लागि छ\छ महिनामा दाँतको स्केलिङ गर्नुपर्छ। दाँतको सफाइमा ब्रसले मात्र काम गर्न नसक्ने अवस्थामा दन्तधागोको प्रयोग पनि आवश्यक मानिन्छ। अचेल यो निकै प्रयोगमा आएको छ।
दाँत बलियो बनाउन खानामा पनि ध्यान दिनुपर्छ। दोस्रो कुरा दाँतको सफाइमा ध्यान दिनुपर्छ। अनिवार्य रूपमा दाँत माझ्नुपर्छ। बिहानको खानापछि र बेलुकी सुत्नुअघि दिनको दुई पटक अनिवार्य रूपमा माझ्दा दातको सुरक्षा हुन्छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा