माइग्रेन टाउको दुखाइ : लक्षण र उपचार

माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो। यो रोग भएका बिरामीको टाउको र मस्तिष्कका रक्तनलीहरू समय समयमा फुक्ने गर्दा वरिपरिका नसाहरू तन्किन्छन् र ती स्नायुले विभिन्न प्रकारका रसायनहरू निकाल्न थाल्छन्। यसका कारण टाउकोभित्र ‘इन्फ्लामेसन’ भएर टाउको दुख्ने वा माइग्रेनको समस्या हुन्छ।
माइग्रेन लामो समयसम्म रहिरहने ‘क्रोनिक’ रोग हो र यो पूर्णरूपमा ठीक हुन गाह्रो हुन्छ अर्थात् वेलावेलामा बल्झिरहन्छ। यसमा प्रायः टाउकोको एक भागमा मात्र दुख्छ। कहिले टाउकोको एकापट्टि र कहिले अर्कोपट्टि दुख्छ। टाउको टनकटनक गर्ने, बुर्लुकबुर्लुक उफ्रिएको जस्तो गरी दुख्ने, कहिलेकाहीँ आँखाका गेडाहरू, निधार र घाँटी पनि दुख्ने समस्या हुन्छ।
टाउको दुखाइ त छँदैछ, उज्यालो (प्रकाश) र आवाज सहन नसक्ने, हातखुट्टा चिसो हुने आदि हुन्छ। त्यसैले पनि माइग्रेनका बिरामी अँध्यारो कोठामा कसैसँग नबोली बस्दा आराम भएको महसुस गर्छन्।
यसको टाउको दुखाइ बल्झिनुभन्दा अघि कसैकसैमा लगभग ४० देखि ६० प्रतिशतमा चिढचिढापन आउने, निन्द्रा लागेको जस्तो हुने, लगातार हाई आइरहने, थकाइ लागेको जस्तो हुने र डिप्रेसन वा ‘युफोरिया’ आदि हुन्छ।
संसारभर १०० जनामा १५ जनालाई माइग्रेनको समस्या हुन्छ। माइग्रेनको दुखाइ करिब ६ देखि ४८ घण्टासम्म रहन्छ। त्यस्तै माइग्रेनको टाउको दुखाइ सकिएको करिब २४ घण्टासम्म बिरामीले थकान महसुस गर्छन्।
माइग्रेनका करिब २० प्रतिशत बिरामीमा टाउको दुखाइ शुरु हुनु भन्दा अघि अनौठो प्रकारका लक्षण देखिन्छन्। कसैले आँखा अगाडि चम्किला प्रकाशका उज्यालाे यताउति छरिएका देख्ने गर्छन् भने कसैले आँखा अगाडि कालो धब्बा देख्छन्। त्यस्तै कसैकसैले अनौठो आवाज सुन्ने गरेको वा अनौठो गन्ध महसुस गर्छन्।
माइग्रेन टाउको दुखाइ अघिका यी लक्षणहरूलाई ‘औरा’ भनिन्छ। लामो समयदेखि माइग्रेन भएका बिरामीले यी लक्षणका आधारमा आफूलाई टाउको दुखाइ शुरु हुन लागेको थाहा पाउँछन्।
माइग्रेन विभिन्न प्रकारका हुन्छन्। मस्तिष्कको कुन भागमा माइग्रेनको असर भएको हो, त्यस अनुसार लक्षणहरू फरकफरक देखिन्छन्।
सन्तुलन कायम गर्ने र होशमा राख्ने कार्य गर्ने मष्तिस्कको तल्लो भागमा माइग्रेनको असर परेको छ भने औराको रूपमा बिरामी बेहोस हुनुका साथै रिंगटा लाग्ने र कुनै पनि वस्तु दुईटा देखिने समस्या हुन्छ।
संसारभर १०० जनामा १५ जनालाई माइग्रेनको समस्या हुन्छ। माइग्रेनको दुखाइ करिब ६ देखि ४८ घण्टासम्म रहन्छ। त्यस्तै माइग्रेनको टाउको दुखाइ सकिएको करिब २४ घण्टासम्म बिरामीले थकान महसुस गर्छन्। माइग्रेनका करिब २० प्रतिशत बिरामीमा टाउको दुखाइ शुरु हुनु भन्दा अघि अनौठो प्रकारका लक्षण देखिन्छन्। कसैले आँखा अगाडि चम्किला प्रकाशका उज्यालाे यताउति छरिएका देख्ने गर्छन् भने कसैले आँखा अगाडि कालो धब्बा देख्छन्। त्यस्तै कसैकसैले अनौठो आवाज सुन्ने गरेको वा अनौठो गन्ध महसुस गर्छन्।
माइग्रेनको जाँचका लागि कुनै निश्चित जाँच छैन र डाक्टरले गर्ने अधिकांश शारीरिक जाँचमा केही पनि खराबी नदेखिने हुन्छ। तर टाउको र मस्तिष्कका अन्य विभिन्न गम्भीर समस्याहरू स्ट्रोक ब्रेन ट्युमर मेनिन्जाइटिस आदिसँग झुक्किने भएकोले ती रोगहरू यकिन गर्नका लागि रगत, टाउकोको सिटी स्क्यान, एमआरआई, ढाडबाट पानी निकालेर गरिने जाँच आदि गर्न सकिन्छ।
माइग्रेनको उपचारले यो पूरा ठिक हुने र भविष्यमा कहिले पनि नहुने एकदमै कममा मात्र हुन्छ। माइग्रेनका लक्षणहरू कम गर्ने, बिरामीको दैनिक जीवन सजिलो बनाउने विभिन्न उपचार पद्धतिहरू हामीसँग उपलब्ध छन्। यसको उपचारका दुई भाग छन्।
पहिलो सामान्य टाउको दुखाइका औषधीहरु जस्तै पारासिटामोल र ब्रुफेन आदिका साथै माइग्रेनमा प्रयोग गरिने औषधीहरू पर्छन्। पारासिटामोल र ब्रुफेनहरु टाउको दुखाइको शुरुवातसँगै सामान्य रूपमा प्रयोग गर्न सकिन्छ।
टाउको दुखाइ सामान्यभन्दा बढि भएको अवस्थामा यी औषधीहरूले काम नगर्न सक्छन्। अवस्था हेरेर अन्य औषधिहरु पनि चलाउने गरिन्छ ।
विभिन्न कुराले माइग्रेन हुने अवस्था सिर्जना गरिरहेकाे मात्र हैन यसलाइ बढाइरहेकाे हुन्छ। यस्ता कुरामा ध्यान दिन सकियो भने ‘माइग्रेन अट्याक’ कम गर्न सकिन्छ। जस्तै कसै कसैलाइ चर्को आवाज, चम्किलो प्रकाश आदीले माइग्रेन झनै बढाउन सक्छ । यस्तो कुरामा बिरामी आफैले बुझेर टाढा रहनुपर्छ ।
जाँडरक्सी, चुरोट सेवन नगर्ने, लामो समयसम्म खाली पेट नबस्ने, फ्रिजमा राखिएका खानेकुरा नखाने,निन्द्रामा गडबडी हुन नदिने जस्ता विषयमा ध्यान दिँदा यसबाट हुने असर कम गर्न सकिन्छ। ध्यान गर्ने, स्वस्थ खानपान गर्ने जस्ता जीवन पद्धतिमा परिवर्तन ल्याएर पनि माइग्रेनको अट्याक कम गर्न सकिन्छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा