जिल्ला अस्पतालमा सर्पदंश उपचार सेवा शुरु
नवलपरासी पूर्वनवलपुरको कावासोती–१६, डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा सर्पदंश उपचार सेवा शुरु गरिएको छ।
सामुदायिक अस्पतालको रूपमा रहेको अस्पताललाई जिल्ला अस्पतालको स्तरोन्नति गरिएसँगै यहाँबाट सर्पदंशको उपचार सेवा थप गरिएको हो ।
नवलपुरमा सर्पदंशका बिरामी धेरै हुने गरेकाले गण्डकी प्रदेश सरकारले सर्पदंश उपचार सेवा केन्द्र निर्माणका लागि बजेट विनियोजन गरेको थियो। सर्पदंश उपचार सेवाका लागि मध्यविन्दु जिल्ला अस्पताललाई प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. गोपाल खनालले बताए।
हाल अस्पतालको आकस्मिक कक्षबाट सर्पदंशको उपचार सेवा शुरु गरेको अध्यक्ष डा. खनालले जानकारी दिए। उनका अनुसार प्रदेशबाट प्राप्त बजेट सर्पदंश कक्ष स्थापना र उपचारका लागि जनशक्ति तयार गर्ने काममा खर्च गरिनेछ। हाल अस्पतालमा रहेको चिकित्सकलाई तालिम प्रदान गरी सर्पदंश उपचार सेवा शुरु गरिएको छ।
सर्पदंशको उपचारका लागि आवश्यक पर्ने भेनम जनस्वास्थ्य कार्यालयमा माग गरिएको अध्यक्ष डा. खनालले बताए। अस्पतालमा ५० भायल एन्टी स्नेक भेनम माग गरिएको छ। सर्पदंशको उपचार गर्दै आएको कालीगण्डकी सामुदायिक अस्पतालबाट भेनम ल्याएर तत्कालका लागि उपचार शुरु गरिएको उनले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण