शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको उद्घाटन
काठमाडौं : उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको औपचारिक उद्घाटन गरेका छन्।
विहिबार उद्घाटन कार्यक्रममा मन्त्री यादवले प्रदेश २ स्वास्थ्यका क्षेत्रमा निकै पिछडिएको भन्दै यो केन्द्रको शुरुवातसँगै यहाँका धेरै बिरामीले स्वास्थ्य सेवा पाउने बताए । उनले यो सँगै मुटुरोग लाग्ने बिक्तिकै काठमाडौं जानुपर्ने बाध्यता हट्ने समेत जिकीर गरे । उनले केन्द्रको सेवा बिस्तार गर्दै लैजान प्रदेश सरकारले विशेष भूमिका खेल्नुपर्ने समेत बताए ।
केन्द्रले गत माघ देखि नै सेवा दिन शुरु गरेको भएपनि भवन निर्माण कार्य भने भर्खर मात्र सम्पन्न भएको हो । ओपीडी भवनको औपचारिक उद्घाटनसँगै मुटुरोग सम्बन्धी सेवा नियमित हुने केन्द्रका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले जानकारी दिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित