Health TV Online
Health TV Online
Health TV Online

तनाव कम गर्न योग शिविर

तनाव कम गर्न योग शिविर

चितवन : नेपाली कांग्रेस चितवनले आफ्ना नेता तथा कार्यकर्ताहरूको तनाव व्यवस्थापनका लागि दुईदिने राजयोग शिविर सम्पन्न गरेको छ।

पछिल्लो समय मानसिक तनावका कारण समाजमा हुने सामाजिक घटनाहरुलाई न्यूनीकरण गर्दै असल नेताका रूपमा उभ्याउन सहज हुने भन्दै शिविर सञ्चालन गरिएको हो ।

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले तनावले कसैलाई पनि फाइदा नहुने भएकाले तनावको व्यवस्थापन गर्दै सिङ्गो पार्टीसँगै देश बनाउन लाग्नु आवश्यक रहेकाले शिविर आयोजना गरिएको बताए।

शिविरमा ब्रह्मकुमार राजु घलेले प्रशिक्षण दिँदै मानिसको जीवनमा दुई तरिकाको तनाव हुने भन्दै यसको व्यवस्थापमा आफैँले ध्यान दिन आवश्यक रहेको बताए। बाह्य तथा आन्तरिक तनावका कारण मानव जीवन दुःखमय बनेको सो अवसरमा जानकारी दिइएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार