‘दुर्लभ रोग ८० देखि ९० प्रतिशत वंशाणुगत हुने गर्छन्’

विश्वभर नै फेब्रुअरी महिनाको अन्तिम दिन दुर्लभ रोग दिवस अर्थात ‘रेयर डिजिज डे’ मनाउने गरिन्छ। दुर्लभ रोगबारे आमजनमानसमा जनचेतना जगाउनका लागि यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि केही वर्षदेखि यो दिवस मनाउन थालिएको छ ।
सामान्यभन्दा न्यून प्रतिशतमा रहेका रोगलाई नै दुर्लभ रोग अर्थात रेअर डिडिज भन्ने गरिन्छ । यो परिभाषा देश अनुसार कति कम रोगलाई दुर्लभ भन्ने फरक फरक पाइन्छ । अमेरिकामा २ लाखभन्दा कम व्यक्तिमा हुने रोगलाई दुर्लभ रोग भन्छ भने अन्य केही देशले आफनो जनसंख्याको एक लाख भन्दा कम व्यक्तिमा कुनै रोग देखिएमा दुर्लभ रोगमा राख्ने गरेको देखिन्छ । त्यसैले साधारणभाषामा के बुझ्न सकिन्छ भने जुन रोग कम व्यक्तिहरुमा मात्र देखिन्छ त्यसलाई दुर्लभ रोग भनेर बुझिन्छ । यो सामान्य भइरहने, देखिरहने र धेरैलाई हुने रोगभन्दा फरक र कम हुन्छ । जति पनि दुर्लभ रोग हुन्छन् तीमध्ये ८० देखि ९० प्रतिशत वंशाणुगत हुने गरेको पाइन्छ ।
नेपालमा कस्ता कस्ता खालका दुर्लभ रोग छने भन्ने एकिन तथ्यांक छैन् । किन भने हामीसँग यो रोगबारे भन्न सकिने गरी कुनै तथ्यांक राखेको नै पाइँदैन । तर अस्पतालमा आउने बिरामीको संख्यार प्रकार हेर्दा नेपालमा हामीले २ सय देखि ३ सय सम्म दुर्लभ रोग भएको अनुमान लगाउन सकिन्छ । दुर्लभ रोगका बारेमा पहिले कसैले पनि कुरा गरेको नै सुनिंदैनथ्यो भने अहिले बिस्तारै यसका बारेमा कुरा हुन थालेको छ । बिरामी देखिन थालेपछि यसको उपचारको दायरा पनि बढाउनुपर्ने हुन्छ । यसबारे पनि छलफल सुरु भएको छ । तर यसकाे पहिचानमै समस्या छ ।
नेपालमा देखिएका डाउन सिन्ड्रोम, थालासेमिया लगायतका रोग दुर्लभ रोग हुन्। यी रोगहरुबारे बिस्तारै सचेतना पनि बढ्दैछ । तर अझै पनि निदानको कुरा गर्दा भने समस्या नै देखिन्छ । उपचार भन्दा पहिले निदान आवश्यक रहेकाले यसबारे डायग्नोष्टिक पार्टमा ध्यान दिने बेला आइसकेको छ । निदान गरिसकेपछि मात्र उपचारको कुरा आउने हो । यी रोगहरु उपचार पछि पूर्ण रुपमा निको त हुँदैनन् तर उपचारले उनीहरूलाई बाँच्न सजिलो बनाउने र बाँच्ने समय पनि बढाउन सकिन्छ ।
दुर्लभ रोगको लक्षण पनि सामान्यभन्दा दुर्लभ नै हुने भएकाले कतिपय अवस्थामा प्रयाप्त ज्ञान नहुँदा अस्पतालमा गएर पनि यो रोग सामान्यतया पहिचान नै हुन सक्दैन । त्यसैले यो रोगका बारेमा स्वास्थ्यकर्मीलाई पनि तालिम दिन आवश्यक देखिन्छ । रोग पहिचान नभएपछि बिरामी यताउता भौंतारिंदा नै धेरै समय जाने गर्छ ।
यो बारे सरकारले नै चासो दिन जरुरी छ । अझै पनि सरकारको प्राथमिकता दुर्लभ रोगमा छ जस्तो देखिंदैन । तर हामीले हेल्थ फर अल भनिरहँदा दुर्लभ रोग लागेकै कारण निदान र उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता आउनु राम्रो होइन । संख्यामा थोरै भए पनि रोग लागिसकेपछि उपचार पाउने सबै नागरिकको अधिकार हो ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै