Health TV Online
Health TV Online

यी हुन् मिर्गौला बिग्रने ५ कारण

यी हुन् मिर्गौला बिग्रने ५ कारण

हेल्थ टिभी अनलाइन : नेपालमा मिर्गौला रोगीहरुको संख्या दिनप्रतिदिन बढिरहेको पाइन्छ । अझ सानै उमेरदेखि नै मिर्गौलामा समस्या देखिन थालेकोले चिन्ता बढाएको छ । एकपटक मिर्गौला फेल भइसकेपछि यसको उपचार प्रक्रिया असाध्यै महँंगों र झन्झटिलो हुन्छ । मिर्गौला फेल भइसकेपछि डाइलाइसिस वा प्रत्यारोपण बाहेक अर्को विकल्प नै छैन्। त्यसैले मिर्गौला बिग्रन नै नदिनका लागि हामीले शुरुदेखि नै हाम्रो आनीबानी, जीवनशैली स्वस्थ बनाउन जरुरी छ । बेलैमा सतर्क रहेर यसलाई बचाउन सक्यौं भने यसको झन्झटिलो उपचार र जीन्दगीभरको कमाई सक्नुपर्ने हुँदैन । त्यसैले धेरै हदसम्म मिर्गौलालाई स्वस्थ राख्ने जिम्मा हाम्रै हातमा छ ।

मिर्गौला मुख्यत यी ५ कारणले गर्दा बिग्रने गर्छ

उच्च रक्तचाप
उच्च रक्तचाप मिर्गौला बिगार्ने प्रमुख कारण हो । जब कुनै व्यक्तिमा उच्च रक्तचापको समस्या हुन्छ । उसले के सोच्न पर्यो भने म अब मिर्गौला रोगको पनि जोखिममा छु । त्यसैले यस्ता समस्या भएका व्यक्तिले नियमित रुपमा आफनो मिर्गौला ठीक छ की छैन भन्ने जान्नका लागि परीक्ष्ण गर्न जरुरी हुन्छ ।

मधुमेह

मधुमेह अर्थात चिनी रोग अर्को ठूलो शत्रु हो मिर्गौलाका लागि । मधुमेहको समस्या भएका बिरामीको सुगर लेबल नियन्त्रण भएन भने यसले सिधै मिर्गौला बिगार्न तर्फ लाग्छ । त्यसैले मधुमेहको समस्या भएका बिरामीले आफनो मिर्गौला जोगाउनका लागि सुगर नियन्त्रण मा राख्न अत्यावश्यक हुन्छ । त्यसो त मधुमेह भएका बिरामीको मुटु आँखा ,नसा लगायतका अंगमा पनि समस्या देखिने गर्छ । त्यसतर्फ बेलैमा सजग हुनुपर्छ ।

जथाभावी औषधिको प्रयोग

कतिपय मानिसहरुले सामान्य त हो भनेर आफूखुशी फार्मेसीबाट ल्याएर औषधि खाने गर्छन । तर यसले मिर्गौलामा असर गरिरहेको हुन्छ । यसको हेक्का सबैले राख्नैपर्छ । आफूखुशी यस्ता पेनकिलर, एन्टिबायोटिक खाँदा यसले मिर्गौलालाई असर गर्न थाल्छ र बिस्तारै मिर्गौला फेल हुनतर्फ जान्छ । चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि घातक हुनसक्छ ।

अस्वस्थकर खानेकुरा

अहिले बजारमा अनेक थरीका रंगीचंगी खानेकुराहरु पाइन्छन्। जसमा धेरै मानिसहरु भुलेको पाइन्छ । यस्ता जंकफुड र भद्रगोल रुपमा खाइने खानेकुरा मिर्गौलाका लागि खराब हुन्छन्। त्यसो त यस्ता खानेकुुराले मिर्गौला मात्र हैन अन्य अंगरुलाई पनि क्षति पुराइरहेको हुन्छ जिब्रोको स्वादको लागि खाइने यस्ता खानेकुराले मिर्गौला बिगारीरहेको हुन्छ । के खाने ने कसरी खाने भन्ने बुझ्न जरुरी हुन्छ । पायो भन्दैमा सबै खानेकुरा खानु नराम्रो हो ।

शारीरिक व्यायामको कमी

हामीमध्ये कतिजनाले नियमित शारीरिक व्यायाम गर्छौ शरीरका लागि शारीरिक अभ्यास अत्यन्त जरुरी हुन्छ । प्रत्येक दिन केही समय छुट्याएर शारीरिक अभ्यास गर्ने, हिंड्ने वा योगा प्राणायम गर्न जरुरी छ । तर अनियन्त्रित रुपमा खानेकुरा खाने अनि शारीरि अभ्यास नगर्दा यसले मोटोपना निम्त्याउन जान्छ । सँगसँगै चिनीरोग र मिर्गौला रोग पनि । त्यसैले नियमित शारीरिक अभ्यास नगर्दा पनि मिर्गौला मा समस्या पारिरहेको हुन्छ ।

यी त भए मिर्गौला बिगार्ने मुख्य कारण । यसबाहेक वंशाणुगत कारण पनि मिर्गौलामा समस्या देखिनसक्छ । यसका साथै नियमित स्वास्थ्य परीक्षण नगर्दा पनि मिर्गौलामा भएको सानो समस्या पछि फेल हुनेसम्म पुग्छ।। त्यसैले मिर्गौला ठिक छ की छैन भनेर जान्नका लागि पनि यसको नियमित जाँच गर्न जरुरी हुन्छ । याद रहोस धेरैसजो मिर्गौलाको समस्यामा लक्षण नै नदेखिन सक्छ र लक्षण देखिने बेलासम्म यसले काम गर्न छोडिसकेको हुन्छ । त्यसैले मिर्गौलालाई स्वस्थ राख्नका लागि माथिका यी कुराहरुमा ध्यान दिन जरुरी छ ।

(वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेसँग कुराकानीमा आधारित)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।