के हो सुगर कम हुने अवस्था अर्थात हाइपोग्लासिमिया ?
हेल्थ टिभी अनलाइन : मानव शरीरमा सुगर कम हुने अवस्थालाई मेडिकल भाषामा हाइपोग्लासिमिया भनिन्छ । यो विभिन्न कारणले हुनसक्छ । खासगरी मधुमेह भएका बिरामीले ध्यान नदिंदा सुगर कम हुने अवस्था अर्थात ‘हाइपोग्लासिमिया’ हुने गर्छ । यो अवस्था भनेको बिरामीको शरीरमा सुगर लेबल कम हुनु हो । सुगर अर्थात ग्लुकोज हाम्रो शरीरको मुख्य उर्जाको स्रोत हो । त्यसैले यसको कमी हुँदा समस्याहरु देखिन थाल्छन्।
यसरी सुगर कम हुँदा बिरामीलाई चिटचिट पसिना आउने, कमजोर हुने, वान्ता हुने तथा वेहोस हुने गर्छन । यस्तो अवस्थामा समयमै समस्या पत्ता लागेन भने बिरामी कोमामा जाने तथा ज्यानै समेत जान सक्छ । यस्तो खालको अवस्थाकाबारेमा प्रत्येक बिरामीले जानकारी लिनै पर्छ ।
यदि मधुमेह भएका बिरामीले चिकित्सक तथा डाइटिसियनको सल्लाह बमोसजम औषधिको मात्रा मिलाएनन्, खानपानको रुटिन मिलेन वा लिइरहेको इन्सुलिनको मात्रा बढी भयो भने यस्तो अवस्था आउनसक्छ । साथै खाली पेटमा शारीरिक व्यायाम गर्दा तथा व्रत बस्दा पनि यस्तो अवस्था आउन सक्छ । यस्तो अवस्था आउनै नदिन पलिे नै यसबारे जानकारी लिएर सोही बमोजिम क्रियाकलाप गर्नुपर्ने हुन्छ ।
यस्तो अवस्था आइहालेमा बिरामीले वा बिरामीसँग भएका जोकोहीले ग्लुकोज ३ देखि ४ चम्चा खानका लागि दिइहाल्नुपर्छ । यसले तुरुनत सुगर बढाउन मद्दत गर्छ । ग्लुकोज खाँदा तुरुन्त शरीरलाई चाहिने सुगर मिल्छ र बिरामीलाई राहत महशुस हुन्छ । एकपटक यसरी ग्लुकोज खाइसकेपछि पनि सहज भएन भने आधाघण्टा पछि फेरि ३ देखि ४ चम्चा ग्लुकोज खान सकिन्छ । यसका लागि बिरामीले आफूसँग ग्लुकोज लिएर हिंड्न पर्ने हुन्छ । केही व्यक्तिहरुले यो बेला चकलेट खाएको पनि देखिन्छ । ग्लुकोज नभएको अवस्थामा यो ठिकै हुन्छ । तर ग्लुकोज भेटिएसम्म यो नै उत्तम मानिन्छ । ग्लुकोज पानी उपलब्ध भए पानीमा हालेर खान पनि सकिन्छ । पानी छैन् भने यत्तिकै पनि धुलो मा खान सकिन्छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य