यस्ता छन् ‘हट स्टोन मसाज’ का फाइदा
हेल्थ टिभी अनलाइन : हट स्टोन मसाज प्राकृतिक चिकित्साको एउटा महत्त्वपूर्ण विधा हो। यसमा विशेषगरी ढुंगाबाट शरीरमा मसाज गरिन्छ। शुरुमा तेलले मसाज गरिसकेपछि मनतातो ढुंगाले शरीरलाई तातो दिने काम गरिन्छ।
मसाज गर्ने ढुंगा तातोले नफुट्ने र चिल्लो खालको हुनुपर्छ। पहिले हट स्टोन मसाज स्पामा मात्र प्रयोग हुन्थ्यो। पछिल्लो समय भने धेरै प्राकृतिक अस्पतालहरूमा यो मसाज गरिन्छ।
हट स्टोन मसाज जाडोयाममा बढी लाभदायी मानिन्छ। प्राकृतिक पद्धतिबाट यो मसाज गर्ने हुनाले यसले शरीरलाई फूर्तिलो राख्न मद्दत गर्छ।
हट स्टोन मसाजका फाइदा
यो मसाजले शरीर स्फूर्त राख्न, मांसपेशी खुकुलो बनाउन, ब्लड सर्कुलेसन बढाउन ठूलो भूमिका खेल्छ। यसले थकान कम गर्ने, अनिद्रा हटाउने, मष्तिष्क र शरीर दुवै चंगा बनाउने काम गर्छ।
कस्तो समस्यामा लाभदायी
विशेषगरी जाडोयाममा हट स्टोन मसाज गर्नु राम्रो मान्निछ। चिसो धेरै लाग्ने, बाथका रोगी ,हाडजोर्नीमा समस्या हुने, जोर्नी दुखिरहने, ट्रेकिङ गरिरहने वा पिनासको समस्या भएका व्यक्तिले नियमित हट स्टोन मसाज गर्दा लाभदायी हुन्छ। मसल टाइट छ भने पनि यसले खुकुलो बनाएर सजिलो बनाउँछ।
यसका साथै हटस्टोन मसाज गर्नका लागि बिरामी नै हुनुपर्छ भन्ने छैन। जाडोयाममा स्वस्थ व्यक्तिले पनि महिनामा एकपटक हट स्टोन मसाज गर्दा शरीरमा स्फूर्ति बढ्छ।
कसले नगर्ने
ज्वरो आएका व्यक्ति, छालामा समस्या भएका व्यक्ति, गर्भवती, भर्खर शल्यक्रिया गरेका बिरामीले भने यो मसाज गर्नु हुँदैन।
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्ने गरी सक्षम बनाइने