Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

औषधि खाँदै हुनुहुन्छ ? नगर्नुस् यस्ता गल्तीहरू

औषधि खाँदै हुनुहुन्छ ? नगर्नुस् यस्ता गल्तीहरू

हेल्थ टिभी अनलाइन : रोगको सही उपचारका लागि डाक्टर र बिरामीले विभिन्न चरणमा सही निर्णयहरु लिनुपर्छ। बिरामीले आफ्नो रोगसँग सम्बन्धित विशेषज्ञ डाक्टरकहाँ जाँच गराउनु, डाक्टरलाई रोगको बारेमा राम्ररी वर्णन गर्नु, आवश्यक कुरा भन्न नबिर्सिनु वा नलुकाउनु आवश्यक हुन्छ।

यस्तै डाक्टरले बिरामीको लक्ष्णहरु राम्ररी बुझ्नु, त्यसलाई विश्लेषण गर्नु, सही जाँचहरु गर्न सल्लाह दिनु र अन्त्यमा सही ‘डाइग्नोसिस्’ गर्नु आदि प्रत्येक रागीको उपचारको लागि महत्त्वपूर्ण हुन्छन्।

डाक्टरले गरेको उपचारमा औषधिको भूमिका सबभन्दा ठूलो हुन्छ। रोग ठीक हुनमा, औषधिको सही प्रयोग हुनु सबभन्दा महत्त्वपूर्ण पक्ष मानिन्छ। जति राम्रो जाँच र उपचार भएपनि, बिरामीले खाएको औषधि सही नभएमा रोग ठीक नहुन सक्छ।

त्यसैले डाक्टर र बिरामी दुवैले यो कुरामा ध्यान दिनुपर्छ। डाक्टरले लेखेकै औषधि सही मात्रामा र ठीक समयमा खायो भने रोग निको हुने सम्भाना बढी हुन्छ। यस्तो नभएमा उल्टै औषधिले नराम्रो असर गर्न सक्छ। बिरामीले सही औषधि नखाने कारणहरू तीन स्तरमा हुनसक्छन्।

औषधि लेख्ने बेलामा हुने गल्तीहरू

औषधिको नाम प्रष्टसँग नलेख्ने। औषधिको खाने मात्रा, समय, विधि राम्ररी नभन्नु वा नलेख्नु। औषधिको सम्भावित साइड इफेक्टको बारेमा बिरामीलाई नभन्नु। गाँउतिर नपाउने औषधि कुनै कुनै गाँउमा बस्ने बिरामीलाई लेख्नु। गरीब बिरामीलाई महंगो औषधि लेख्नु।

बिरामीले खाइराखेको अरु औषधिहरुको बारेमा नसोध्नु र नहेरी अरु औषधि लेख्नु आदि कारण हुनसक्छन्। डाक्टरले लेखेको औषधि बिरामीले प्रयोग नगरेको हुनसक्छ, त्यसैले डाक्टरले आफ्नो बिरामीलाई प्रत्येक भेटमा खाइराखेको औषधि ल्याउन लगाउने र लेखेकै औषधि बिरामीले सेवन गरेको छ वा छैन हेर्नुपर्छ।

औषधि किन्ने बेलामा हुने गल्तीहरू

अहिले पनि हाम्रो देशमा धेरै बिरामीहरू औषधि पसलमा गएर आफ्नो समस्याको लागिऔषधि बिक्रेताको सल्लाह अनुसार औषधि किनेर खाने गर्दछन्। साधारण समस्याको लागि यस्तो गरेमा धेरै अप्ठ्यारो नभए पनि मुटुरोग, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरुमा डाक्टरको सललाह बिना कुनै पनि औषधि प्रयोग गर्नु हानिकारक हुनसक्छ। डाक्टरले लेखेकै औषधि, नाम नफेरी बिक्री गर्नु औषधि बिक्री गर्नु बिक्रेताको दायित्व हो।

बिरामीलाई नभनीकन नाम फरेर औषधि दिनु गलत हो। डाक्टरले लेखेको औषधिको नाम नबुझिएमा अनुमानको आधारमा औषधि दिनु, बिरामीलाई औषधिको बारेमा नचाहिने कुराहरू भनिदिनु, डाक्टरको सल्लाह विपरी बिरामीलाई औषधिको मात्रा घटाउने्बढाउने वा बन्दै गर्ने सल्लाह दिनु आदि कुरा नभएमा बिरामीलाई धेरै फाइदा हुनसक्छ।

औषधि खाने बेलामा हुने गल्तीहरू

आफूले खाने औषधिको आवश्यकता, महत्त्व र साइड इफेक्ट आदिको बारेमा जानकारी नराख्नु बिरामीको गल्ती हो। आफूले खाने औषधिको नाम थाहा नहुनु, डाक्टरको सल्लाह विपरित औषधिको मात्रा घटबढ गर्नु वा बन्द गर्नु, डाक्टरबाहेक अरु कसैको सल्लाह ठीक मानेर उपचारमा परिवर्तन गर्नु, औषधि खाँदा ‘साइड इफेक्ट’ भए कसैलाई नभनी बन्द गर्नु। डाक्टरलाई पछि नभेटेनु जस्ता गल्ती प्रायः बिरामीबाट भएको देखिन्छ।

डाक्टरले लेखेको अवधिभन्दा बढी औषधि खानु। जस्तै– ग्यास्ट्रिकका औषधि, निद्रा लाग्ने औषधि आदि। डाक्टरलाई भेट्ने बेलामा आफूले खाइराखेको सम्पूर्ण औषधिहरूको बारेमा नभन्नु। औषधिमा लेखिएको मितिहरू वस्ता नगर्नु आदि ।

के हो ‘एक्सपाएरी डेट’?

‘एक्सपाएरी डेट’ भनेको त्यो दिन हो, जसपछि औषधि प्रयोग गर्नु हुँदैन। एक्सपाएरी डेट औषधिको प्रयोग स्वास्थ्यकोलागि हानिकारक हुनसक्छ। इस्तो औषधिको काम गर्नेक्षमता घट्छ। औषधि खानुभन्दा अगाडि प्रत्येक पटक एक्सपाएरी डेट चेक गर्नुपर्छ। एक्सपाएरी डेटलाई संक्षिप्तमा ‘इएक्सपी’ लेखिने गरिन्छ। एक्सपाइरी डेट पछि गल्तीले कुनै औषधिको प्रयोग गरिएको छ भने पनि आत्तिनुपर्दैन। केही अप्ठ्यारो भएमा तुरुन्त जँचाउन जानुपर्छ।

एक्सपाएर भन्नेवित्तिकै त्यो औषधि विषजस्तो हुन्छ भन्ने धारणा गलत हो। धेरैजसो अवस्थामा एक्सपाएरी डेट पछिको औषधिको प्रयोग भएमा केही समस्या हुँदैन। कहिलेकाँही एलर्जीजस्तो लक्षण देखा पर्न सक्छ। त्यसैले नआत्तिकन आफ्नो डाक्टरलाई थाहा दिनुपर्छ। बिरामीले कुनै पनि औषधि खाँदा एक्सपाइरी डेट हेर्ने बानी बसाल्नुपर्छ।

डा ओममूर्ति अनिलको ‘म पनि डाक्टर’ पुस्तकबाट।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।