Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना खोप लगाउन नमान्ने कर्मचारी कामबाट निकालिए

कोरोना खोप लगाउन नमान्ने कर्मचारी कामबाट निकालिए

हेल्थ टिभी अनलाइन : अमेरिकामा कोरोना विरुद्धको खोप लगाउन नमान्ने कर्मचारीलाई एक कम्पनीले कामबाट निकालेको छ । अमेरिकाको न्यूयोर्कमा रहेको निकै ठूलो हेल्थ केयर प्रोभाइडर नर्थवेल हेल्थ नामक कम्पनीका कर्मचारीले कोरोना विरुद्धको खोप लगाउन आनाकानी गरेपछि त्यहाँका १४ सय कर्मचारीलाई कामबाट निकालिएको त्यहाँको मिडियाले जनाएको छ ।

त्यस कम्पनीमा ७६ हजार कर्मचारी कार्यरत रहेको समेत जनाइएको छ। उक्त कम्पनीले आफूहरुले कर्मचारी कामबाट निकाल्न खोजेको नभई सबैले खोप लगाउन भन्ने उद्देस्य रहेकाले कसैले यहीवीच खोप लगाउँछु भन्छ भने काममा आउन सक्ने समेत जनाएको बताइएको छ ।

कोरोना संक्रमणबाट बच्नका लागि खोप अमूल्य रहेको भन्दै सबैलाई खोपमा सहभागी हुन आव्हान गरिएको भए पनि केही व्यक्तिहरुले खोपमा विश्वास नगरेर यो लगाउन नखोजेको पाइन्छ । जसले गर्दा अन्य व्यक्तिहरुलाई समेत यसले जोखिम बढाउँछ । कोरोनाबाट बढी प्रभावित भएको अमेरिकामै खोप लगाउन नमान्नेको संख्या धेरै रहेको विज्ञहरु बताउँछन्।