कोरोना खोप लगाउन नमान्ने कर्मचारी कामबाट निकालिए
हेल्थ टिभी अनलाइन : अमेरिकामा कोरोना विरुद्धको खोप लगाउन नमान्ने कर्मचारीलाई एक कम्पनीले कामबाट निकालेको छ । अमेरिकाको न्यूयोर्कमा रहेको निकै ठूलो हेल्थ केयर प्रोभाइडर नर्थवेल हेल्थ नामक कम्पनीका कर्मचारीले कोरोना विरुद्धको खोप लगाउन आनाकानी गरेपछि त्यहाँका १४ सय कर्मचारीलाई कामबाट निकालिएको त्यहाँको मिडियाले जनाएको छ ।
त्यस कम्पनीमा ७६ हजार कर्मचारी कार्यरत रहेको समेत जनाइएको छ। उक्त कम्पनीले आफूहरुले कर्मचारी कामबाट निकाल्न खोजेको नभई सबैले खोप लगाउन भन्ने उद्देस्य रहेकाले कसैले यहीवीच खोप लगाउँछु भन्छ भने काममा आउन सक्ने समेत जनाएको बताइएको छ ।
कोरोना संक्रमणबाट बच्नका लागि खोप अमूल्य रहेको भन्दै सबैलाई खोपमा सहभागी हुन आव्हान गरिएको भए पनि केही व्यक्तिहरुले खोपमा विश्वास नगरेर यो लगाउन नखोजेको पाइन्छ । जसले गर्दा अन्य व्यक्तिहरुलाई समेत यसले जोखिम बढाउँछ । कोरोनाबाट बढी प्रभावित भएको अमेरिकामै खोप लगाउन नमान्नेको संख्या धेरै रहेको विज्ञहरु बताउँछन्।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य