Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘क्यान्सर बिरामीलाई खोपको उच्च प्राथमिकतामा राखिनुपर्छ’

‘क्यान्सर बिरामीलाई खोपको उच्च प्राथमिकतामा राखिनुपर्छ’

हेल्थ टिभी अनलाइन \काठमाडौं :  यतिबेला कोरोना महामारीका कारण विश्व नै आक्रान्त बनेको छ । जसका कारण सबैको ध्यान कोरोना संक्रमण कसरी नियन्त्रण गर्ने भन्नेमा केन्द्रित भएको छ । एकातिर कोरोनाको त्रास त छँदैछ अर्कातिर पहिल्यैदेखि भइरहेका क्यान्सर, मुटु, मिर्गौला जस्ता दीर्घरोगका बिरामीहरु अझ उच्च मारमा परेका छन्। कतिपय बिरामीलाई तत्कालै उपचार चाहिने भए पनि कोरोना संक्रमणको डरका कारण र महामारी नियन्त्रण गर्न गरिएको बन्दका कारण अस्पतालसम्म समयमै जान सकिरहेका छैनन्। जसका कारण रोगको जटिलता बढ्दै गइरहेको छ ।

नेपालमा पनि कोरोनाको दोस्रो वेभ आएपछि वैशाख १६ गतेदेखि लकडाउन गरिएको छ । यो बेला क्यान्सरका बिरामीले के गर्ने के नगर्ने ? आफूलाई कसरी स्वस्थ र सुरक्षित राख्ने ? साथै कोरोना विरुद्धको खोप लिने की नलिने  जस्ता विषयमा नेपाल क्यान्सर अस्पतालका अध्यक्ष एवं वरिष्ठ  क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठसँग गरिएको कुराकानी :

अर्को कुरा क्यान्सरका बिरामीमा रोगसँग लड्ने क्षमता कम हुने कुरा सबैलाई विधितै छ । विभिन्न अध्ययनहरुले पनि क्यान्सरका बिरामीमा कोरोना संक्रमण भएमा जटिलता र मृत्युदर बढी हुन्छ भनेर देखाइसकेका छन्। त्यसैले यस्ता बिरामीले विशेष ख्याल गर्नुपर्ने हुन्छ । सरकारले पनि क्यान्सरका बिरामीलाई खोपको उच्च प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिन जरुरी छ ।

यति बेला नेपालमा कोरोनाको दोस्रो वेभका कारण देशभर लकडाउन गरिएको छ । जसका कारण धेरै जना क्यान्सरका बिरामी अस्पतालसम्म आउन पनि सकेका छैन्। जसका कारण कोरोना महामारी शुरु भएपछि आउने क्यान्सरका बिरामी र त्यसभन्दा अघि आउने बिरामीमा धेरै नै फरक देखिन थालेको छ । अहिले अस्पताल आउने भनेको अत्यन्त अप्ठेरो भएपछि र सहनै नसक्ने भएपछि मात्र आउने धेरै छन्। जसका कारण लास्ट वा एडभान्स स्टेजमा आउने क्यान्सरका बिरामी बढेका छन्। यसले धेरै वर्ष लगाएर गरेको मिहिनेत खेर जाने देखिएको छ । जनचेतना भए पनि संक्रमणको डरका कारण बिरामी आउन छोड्नु विडम्वना हो । हामीले अस्पताल खोले पनि बिरामी आउन सकिरहेका छैनन्। क्यान्सर यस्तो रोग हो जुन केही दिन मात्र पनि उपचारमा ढिलाई हुँदा यसको परिणाममा फरक पर्न जान्छ र जटिलता बढ्न सक्छ । त्यसैले पनि क्यान्सरका बिरामीले डराएर घरमै बस्ने भन्दा पनि चिकित्सकको सल्लाह अनुसार जनस्वास्थ्यका मापदण्ड पालान गर्दै उपचारमा जान जरुरी हुन्छ । कोरोनासँग डराएर बस्दा क्यान्सरले जटिलता निम्त्याउने मात्र हैन् ज्यानै जानसक्छ भन्ने कुरा पनि बिर्सन हुँदैन्।

अर्को कुरा क्यान्सरका बिरामीमा रोगसँग लड्ने क्षमता कम हुने कुरा सबैलाई विधितै छ । विभिन्न अध्ययनहरुले पनि क्यान्सरका बिरामीमा कोरोना संक्रमण भएमा जटिलता र मृत्युदर बढी हुन्छ भनेर देखाइसकेका छन्। त्यसैले यस्ता बिरामीले विशेष ख्याल गर्नुपर्ने हुन्छ । सरकारले पनि क्यान्सरका बिरामीलाई खोपको उच्च प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिन जरुरी छ । यसरी प्राथमिकतामा राख्दा क्यान्सरको उपचार गराइरहेकालाई पहिलो र निको भएकालाई दोस्रो प्राथमिकतामा राख्न सकिन्छ ।

अहिले धेरै क्यान्सरका बिरामीले कोरोना विरुद्धको खोप लिने की नलिने भन्ने विषयमा कन्फ्युज भएको देखिन्छ । क्यान्सरका बिरामीले आफूलाई जटिलता हुनबाट जोगिन खोप लगाउनु पर्छ । यसमा द्धिविधामा पर्न पर्दैन । तर खोप लगाउनुअघि एकपटक आफनो उपचार गरिरहेको चिकित्सकको परामर्श भने लिन आवश्यक हुन्छ । क्यान्सरका केही अवस्थाबाहेक सबै क्यान्सरका बिरामीले खोप लिन मिल्छ यसले हानी गर्दैन । बोन म्यारो टन्सप्लान्ट गरेको ३ देखि ६ महिनासम्म यो खोप नलिन  सुझाव दिइन्छ । त्यसैगरी केमोथेरापी दिएका बेला  ह्वाइट ब्लड सेल कम भएको छ भने त्यस अवस्थाका बिरामीलाई पनि केही दिन खोप नलिन सल्लाह दिइन्छ । अन्यथा सबै अवस्थामा कोरोना विरुद्धको खोप लिन मिल्छ तर चिकित्सकको सल्लाह लिएर मात्र । सरकारले क्यान्सर लगायतका दीर्घ रोगीलाई खोपको प्राथमिकतमा राखेको भए पनि उमेर तोकेकाले समस्या भएको र सबै क्यान्सर रोगीले खोप लिन पाएका छैनन्। क्यान्सरका बिरामीमा खोप लिन उमेर तोकिन हुँदैन्।

पहिला नै मधुमेह भएका, उच्च रक्तचाप, मिर्गौला रोग भएका क्यान्सरका बिरामीमा झनै कोरोनाको जोखिम बढी हुन्छ । यस्ता व्यक्तिहरुले सकेसम्म आफूलाई सुरक्षित राख्न जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, चिकिस्तकसग नियमित सम्पर्कमा रहने र सल्लाह लिने गर्न जरुरी हुन्छ । कोरोना महामारी भए पनि आफनो रोगको जटिलतालाई हेरेर स्वास्थ्य मापदण्ड पालना गर्दै उपचारमा जाँदा पछि हुने जटिलताबाट बच्न सकिन्छ ।

 

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।