Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना महामारीका बेला मधुमेहका बिरामीले कसरी ख्याल गर्ने ? यस्तो छ डा ज्योतिको सल्लाह

कोरोना महामारीका बेला मधुमेहका बिरामीले कसरी ख्याल गर्ने ? यस्तो छ डा ज्योतिको सल्लाह

कोरोना महामारीका बेला मधुमेह रोगको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा हेल्थ टिभी अनलाइनले वरिष्ठ हर्मोन तथा मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराईसँग कुराकानी गरेको छ । यस विषयमा उनले दिएको सल्लाह र सुझाव उनकै शब्दमा :

कोरोना महामारीका बेला दीर्घरोग भएका अन्य बिरामीलाई झनै समस्या थपिएको छ । यो बेला सिंगो देश नै कोरोना महामारी नियन्त्रण गर्न तल्लीन भएकाले अन्य रोगका समस्या छायाँमा परेका छन् यो स्वभाविक पनि हो । तर सबै खालका रोगको उपचार यो बेलामा पनि छुट्नु हुँदैन्। अन्यथा यसले अन्य दीर्घ रोगको जटिलताले निम्त्याउने महामारी भविष्यमा फेरी थेगिनसक्नु हुनसक्छ ।

कोरोनासँगसँगै मधुमेह, क्यान्सर, मुटुरोग लगायतका दीर्घ समस्या भएकाले विशेष ख्याल गर्नुपर्ने हुन्छ । मधुमेह भएका बिरामीले कोरोना महामारी छ भनेर औषधि खान छोड्ने हो भने यसले झन खतरापूर्ण अवस्था सिर्जना गर्छ । त्यसैले आफूलाई पहिलयैदेखि भएको रोगको व्यवस्थापन गर्न पनि जरुरी हुन्छ ।

कोरोना भाइरसको जटिलता र मृत्युदर मधुमेह रोग भएका व्यक्तिहरुमा बढी हुने कुरा त विभिन्न अध्ययनहरुले पुष्टि नै गरिसकेका छन्। मधुमेह भएका व्यक्तिहरुमा रोगसँग लड्नसक्ने रोग प्रतिरोधि क्षमता कम हुन्छ । जसले गर्दा कोरोना मात्र हैन जुनसुकै भाइरसले यस्ता बिरामीलाई छिटै आक्रमण गर्न सक्छन् भने छिटै असर पुराउने गर्छन्। त्यसैले पनि मधुमेहका बिरामी कोरोना महामारीमा अझ बढी सतर्क हुनुपर्छ ।

सबैलाई थाहा छ चिनी रोग मानिसको रगतमा चिनीको मात्रा  आवश्यकताभन्दा बढी भएर हुने रोग हो । यो सम्पूर्ण रुपमा निको पार्न सकिने रोग होइन्। यसलाई औषधि र खानपान मिलाएर नियन्त्रण मात्र गर्ने हो । त्यसैले यसको औषधिको मात्रा मिलेन वा खानपानमा तलमाथि भयो भने धेरै नै दुख दिने रोग भएकाले यसमा ध्यान दिन जरुरी छ । अन्यथा कोरोना त छँदैछ मधुमेहले झन बढी क्षति पुराउन सक्छ ।

अर्को कुरा नेपालमा कोरोनाको दोस्रो लहरमा संक्रमितमा बढी जटिलता देखियो । जसका कारण धेरै संक्रमितमा ‘स्टेरोइड’ औषधि चलाएको पाइन्छ । स्टेरोइडले सुगरको मात्रा ह्वात्तै बढाउने गर्छ । त्यसो त चिकित्सकले नै यो औषधि दिने बेलामा सुगर बढ्न सक्छ मोेनिटर गर्नुहोला भन्ने गरेका छन्। तर सबैले राम्ररी नबुझ्दा स्टेरोइडका कारण सुगर धेरै नै बढेर जटिल अवस्थामा पुग्नसक्ने खतरा बढ्ने गर्छ । कोरोनाबाट बच्नका लागि चलाइएको स्टेरोइडले तपाइँको जीवन नै खतरामा हुनसक्छ । यो कुरा पनि ख्याल गर्नुपर्छ । यसको मतलब स्टेरोइड नचलाउने भनेको हैन् । मानिसको जीवन जोगाउनका लागि औषधि त चलाउनैपर्छ तर पहिल्यै सुगर भएको बिरामीले यस्ता कुरा बुझेर आफनो डाक्टरसँग सल्लाह लिएर मात्र औषधिको सेवन गर्दा जटिलताबाट बच्न सकिन्छ ।

मधुमेह यस्तो रोग हो जसले अन्य महत्वपूर्ण अंगहरुमा असर गरेर बिरामीको जिवन कठिन बनाउने मात्र हैन् मृत्युसम्म गराउन पुग्छ । कोरोना भाइरसको जटिलता र मृत्युदर मधुमेह रोग भएका व्यक्तिहरुमा बढी हुने कुरा त विभिन्न अध्ययनहरुले पुष्टि नै गरिसकेका छन्। मधुमेह भएका व्यक्तिहरुमा रोगसँग लड्नसक्ने रोग प्रतिरोधि क्षमता कम हुन्छ । जसले गर्दा कोरोना मात्र हैन जुनसुकै भाइरसले यस्ता बिरामीलाई छिटै आक्रमण गर्न सक्छन् भने छिटै असर पुराउने गर्छन्। त्यसैले पनि मधुमेहका बिरामी कोरोना महामारीमा अझ बढी सतर्क हुनुपर्छ ।

अर्को कुरा नेपालमा कोरोनाको दोस्रो लहरमा संक्रमितमा बढी जटिलता देखियो । जसका कारण धेरै संक्रमितमा स्टेरोइड औषधि चलाएको पाइन्छ । स्टेरोइडले सुगरको मात्रा ह्वात्तै बढाउने गर्छ । त्यसो त चिकित्सकले नै यो औषधि दिने बेलामा सुगर बढ्न सक्छ मोेनिटर गर्नुहोला भन्ने गरेका छन्। तर सबैले राम्ररी नबुझ्दा स्टेरोइडका कारण सुगर धेरै नै बढेर जटिल अवस्थामा पुग्नसक्ने खतरा बढ्ने गर्छ । कोरोनाबाट बच्नका लागि चलाइएको स्टेरोइडले तपाइँको जीवन नै खतरामा हुनसक्छ । यो कुरा पनि ख्याल गर्नुपर्छ । यसको मतलब स्टेरोइड नचलाउने भनेको हैन् । मानिसको जीवन जोगाउनका लागि औषधि त चलाउनैपर्छ तर पहिल्यै सुगर भएको बिरामीले यस्ता कुरा बुझेर आफनो डाक्टरसँग सल्लाह लिएर मात्र औषधिको सेवन गर्दा जटिलताबाट बच्न सकिन्छ । अहिले कोरोना संक्रमित जसको अक्सिजन लेबल कम छ उनीहरुलाई धेरै नै स्टेरोइड चलाएको पाइएको छ । यसको असर अहिल्यै नदेखिए पनि उनीहरुलाई दीर्घ असर देखिनसक्छ। । अहिले म कहाँ आउने स्टेरोइड चलाएका संक्रमित जो पहिल्यैदेखि मधुमेहका बिरामी थिए उनीहरको सुगर बढेर अनियन्त्रित भएर आउनेहरु बढिरहेका छन्। त्यसैले सबै मधुमेहका बिरामीले संक्रमणमा परेपछि त झनै चनाखो हुनुपर्ने हुन्छ ।

यतिबेला लकडाउनका कारण अहिलेको सबैको दिनचर्या घरमै बस्ने खाने बनेको छ । यस्तो बेलामा मोटाउने, व्यायाम नपुग्ने हुँदा झन समस्या थपिनसक्छ । त्यसैले यस्तो अवस्थामा मधुमेहका बिरामीले आफ्नो स्वास्थ्यको ख्याल राख्दै प्रत्येक दिन अनिवार्य व्यायाम गर्नुपर्छ । घरमै टहलिने, नाचगान गरेर मांशपेशी चलायमान गर्न सकिन्छ । बिहान साँझ कम्तीमा ३० मिनेट यताउता हिड्डुल गर्नुपर्छ । यसो गरेमा शरीर छरितो हुनुका साथै शरीरमा चिनीको मात्रा बढ्न पाउँदैन । मधुमेहका बिरामीले व्यायामको साथै खानपानमा पनि ध्यान दिनु आवश्यक हुन्छ । कोरोना छ भनेर सबै कुरा व्यवास्ता गर्न मिल्दैन्।

स्टेरोइड चलाएका मधुमेहका बिरामीले अनिवार्य आफनो नियमित डाक्टरको सल्लाह र परामर्श गरेर औषधि तलमाथि गर्दा समस्या आउनबाट बच्न सकिन्छ । कतिपय बिरामीलाई इन्सुलिन नै दिनुपर्ने समेत भएको छ । त्यसैले कुनै पनि औषधिको सेवन गर्दा डाक्टरको सल्लाह लिन नभुल्नुस् ताकी पछि पछुताउन नपरोस। योसँगै अहिले ब्ल्याक फंगसको पनि निकै खतरा बढेको छ । यो समस्या पनि मधुमेह भएकामा बढी देखिएको छ ।

मधुमेह रोग भएकाले के बुझ्नु पर्‍यो भने म सबै रोगको उच्च जोखिममा छु भन्ने कुराको हेक्का राख्न जरुरी छ । साथै नियमित व्यायाम गर्ने, तनाव नलिने, औषधिको सेवन समयमै गर्ने र डाक्टरको सल्लाह लिने गरेमा धेरै जटिलता हुनबाट बच्न सकिन्छ ।

यतिबेला लकडाउनका कारण अहिलेको सबैको दिनचर्या घरमै बस्ने खाने बनेको छ । यस्तो बेलामा मोटाउने, व्यायाम नपुग्ने हुँदा झन समस्या थपिनसक्छ । त्यसैले यस्तो अवस्थामा मधुमेहका बिरामीले आफ्नो स्वास्थ्यको ख्याल राख्दै प्रत्येक दिन अनिवार्य व्यायाम गर्नुपर्छ । घरमै टहलिने, नाचगान गरेर मांशपेशी चलायमान गर्न सकिन्छ । बिहान साँझ कम्तीमा ३० मिनेट यताउता हिड्डुल गर्नुपर्छ । यसो गरेमा शरीर छरितो हुनुका साथै शरीरमा चिनीको मात्रा बढ्न पाउँदैन । मधुमेहका बिरामीले व्यायामको साथै खानपानमा पनि ध्यान दिनु आवश्यक हुन्छ । कोरोना छ भनेर सबै कुरा व्यवास्ता गर्न मिल्दैन्।

  • डा. ज्योति भट्टराई

    हर्मोन रोग विशेषज्ञ डा.भट्टराई मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन्।