साइक्लिङ गर्नुका यस्ता छन् फाइदा
हेल्थ टिभी अनलाइन : साइकलले स्वास्थ्यलाई फाइदा पुर्याउँछ भन्ने धेरैलाई थाहा नहोला। दैनिक २० मिनेट साइक्लिङ गर्दा मानिस पूर्ण रूपमा स्वस्थ रहने एक अध्ययनले जनाएको छ। साइक्लिङ जुनसुकै उमेरका लागि पनि उपयुक्त व्यायाम हो।
रक्तचाप नियन्त्रण
नियमित साइकल चलाउँदा शरीरमा रक्तसञ्चार राम्ररी हुन्छ। साइक्लिङले रगतमा अक्सिजनको मात्रा आपूर्ति हुने भएकाले रक्तसञ्चारमा सुधार आउँछ। त्यस्तै, साइकल इन्धनविना चल्ने भएकाले प्रदूषणबाट समेत बच्न सकिन्छ।
मांसपेशी मजबुत
साइक्लिङ गर्नु सजिलो एक्सरसाइज हो । जसले जोर्नीमा लचकता ल्याउँछ। नियमित साइक्लिङ गर्दा मांसपेशी बलियो बनाउन मद्दत पुग्छ। साइकल चलाउँदा पछिल्तिरका हड्डी सक्रिय रहने हुनाले ढाड र गर्दनको दुखाइबाट समेत राहत पाउन सकिन्छ।
मोटोपन घट्छ
दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजार क्यालोरी खपत हुन्छ। त्यसैले, साइक्लिङ गर्नेले बढी क्यालोरीयुक्त खाना खाँदा पनि केही फरक पर्दैन। यसरी सहजै व्यवस्थापन हुने हुँदा आफूलाई मन परेको खाना मज्जाले खान सकिन्छ। यसबाहेक, मोटोपन भएका व्यक्तिले साइक्लिङ गरेमा अन्य व्यायाम गर्नुपर्दैन।
दिमागको शक्ति बढाउँछ
अमेरिकास्थित इलिनोइस विश्वविद्यालयका प्राध्यापकहरूले गरेको अध्ययनले स्वच्छ वातावरणमा नियमित साइक्लिङ गर्ने व्यक्तिमा अरूको तुलनामा दिमागी शक्ति बढी हुने देखाएको छ। साइकल चलाउँदा शरीरमा ब्रेन सेलको निर्माण हुने बताइन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण