चिसाे माैसममा स्वस्थ रहने काइदा
पुस लागिसक्दा चिसो बढेको छ। जाडोमा हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। शरीरमा प्रतिरक्षा प्रणालीमा ह्रास आउँछ। त्यसैले यो वेला विशेष सावधानी अपनाउनुपर्छ। शरीरलाई न्यानो राख्न र स्वस्थ बन्न यी प्राकृतिक प्रक्रिया अपनाउन सकिन्छ–
तातो खाना
जाडोमा तातो र हल्का भोजन गर्नु उचित हुन्छ। यसले ब्याक्टेरियाबाट लड्न समेत मद्दत गर्छ। चिसो मौसममा हल्का र तातो भोजनले प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ।
चिसो पेय पदार्थमा बन्देज
चिसो खाना र चिसो पेय पदार्थले पाचन रसको प्रभावलाई कम गर्छ। यसबाट विषाक्त पदार्थको निर्माणमा वृद्धि हुन्छ । त्यसैले जाडो मौसममा प्रतिरक्षा प्रणालीमा सुधारका लागि चिसो खाद्य पदार्थ र पेय पदार्थ नजिकै पर्न नदिनुस्।
पर्याप्त निद्रा
मानव शरीरलाई आवश्यक पर्ने महत्त्वपूर्ण तत्त्व हो, निद्रा। प्रतिरक्षा क्षमता वृद्धिका लागि चिसो मौसममा पर्याप्त निद्रा आवश्यक हुन्छ।
जडीबुटीको प्रयोग
खानामा अश्वगन्धा, अमला, तुलसी जस्ता जडिबुटी समावेश गर्नु लाभदायक हुन्छ । यी जडिबुटीलाई चियाका रूपमा वा तातोपानीमा हालेर प्रयोग गर्न सकिन्छ। यी जडिबुटीले शरीरको प्रणाली रोग प्रतिरोधी क्षमतालाई बढाउन मद्दत गर्छ।
खानामा मसला
खानामा मसलाको प्रयोग बढाउनु पनि जाडोमा लाभदायक हुन्छ । यसले शरीरको प्रतिरक्षा क्षमता बढाउनमा सहयोग गर्छ । जिरा, धनियाँ, अदुवा, दालचिनी, ल्वाङ, अलैँची, जाइफल र मरिच जस्ता मसलाकाे मात्रा बढाउन सकिन्छ। यसले शरीर न्यानो बनाउँछ रुघाखोकी तथा ज्वरोको समस्याबाट बचाउँछ।
यसरी नुहाउनुस्
स्वस्थ रहन नुहाउनु त पर्छ नै। त्यसैले जाडोमा नुहाउनको लागि मनतातो पानीको व्यवस्था गर्नुपर्छ। त्यसमा केही मात्रामा तुलसीपत्र र नुन राखेर नुहाउँदा रोगसँग लड्ने क्षमता बढ्छ।
तेलको मालिस
नुहाइसकेपछि मनतातो तेलले शरीरमा मालिस गर्न सकिन्छ। तिल, बदाम वा ताेरीको तेल उपयोग गर्दा मांसपेशी बलियो हुन्छ। मसाजले रक्तसञ्चार बढाउँछ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’