यी खानेकुरासँग खाए दूध विषसरह
गाई–भैँसीको दूध मानिसका लागि एक अत्यावश्यक पौष्टिक आहार हो। बच्चादेखि वृद्धसम्मका लागि दूध उपयोगी हुन्छ तर कतिपय अवस्थामा दूध स्वास्थ्यका लागि हानिकारकसमेत हुन सक्छ।
दही
दही दूधबाटै बन्ने भए पनि यी दुई एकैसाथ सेवन गर्नु हुँदैन। सँगै खाँदा एसिडिटी, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने समस्या आउँछ। तर, दूध र दही एक घण्टाकाे फरकमा खान हुन्छ ।
मासको दाल
मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मास र दूधमा पाइने केही तत्व एक–आपसमा मिल्दा शरीरमा विभिन्न समस्या देखा पर्छ। मासको दाल खाएपछि करिब दुई घण्टापछि दूध पिउन सकिन्छ ।
माछामासु
दूध पिएलगत्तै माछामासु खाँदा स्वास्थ्यमा हानि पुग्छ। माछामासु र दूधमा पाइने तत्त्वहरूले विपरीत प्रतिक्रियामा भाग लिने भएकाले यी दुई एकैसाथ खानु राम्रो मानिँदैन।
अमिलो फल
सुन्तला, कागतीलगायत अमिला फलसँग कहिल्यै दूध खानु हुँदैन। यी दुई एकैसाथ खाँदा पाचन प्रणालीमा असर पर्छ। पचाउन पनि गाह्रो हुने भएकाले बान्ता हुने सम्भावना हुन्छ।
नुन
नुन वा नुनिला वस्तुमा दूध मिसाएर खानु हुँदैन। यी दुई चिज एकैसाथ लिँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’