तपाईँलाई मुटुरोग त छैन?
मुटुमा समस्या भएकालाई सामान्य काम गर्न पनि गाह्रो हुन थाल्छ। गह्रौँ काम गर्दा दुखाइको मात्रा बढ्छ। यस्तो अवस्थामा हिँडडुल गर्न पनि गाह्रो हुन्छ। छिटोछिटो स्वास फुल्छ भने मुटुरोग लागेको हुन सक्छ।
पहिले तीन तला सिँढी चढ्दा पनि केही नहुनेलाई एक तला पार गर्न गाह्रो हुन्छ भने उसलाई कुनै न कुनै खालको मुटु रोग लागेको हुन सक्छ। मुटुको समस्या भएका मानिसलाई सामान्य काम गर्दा पनि अत्यधिक थकाइ महशुस हुन्छ।
हृदयाघात हुनुभन्दाअघि छातीमा सहन नसक्ने पीडा हुन्छ। यसका साथै पेटको माथिल्लो भाग दुख्ने, अत्यधिक पसिना आउने, वाकवाकी लाग्ने, बान्ता हुनेजस्ता समस्या आउँछन्।
युवावस्थामा मुटुको भल्ब बिग्रिने समस्या पनि हुन्छ। यसलाई ‘रेम्याटिजम डिजिज’ भनिन्छ।
यस्तो अवस्थामा मुटु ढुकढुकी तीव्र गतिमा बढेको अनुभूति हुन्छ। छातीमा हात राख्दा सहजै अनुभव गर्न सकिन्छ। छाती भारी भएर आउने, खुट्टा सुन्निनेलगायत समस्या हुन्छ। कसैकसैको पेट पनि फुल्छ।
कतिपयमा वंशाणुगत मुटु रोगको समस्या पनि हुन सक्छ। गर्भबाटै मुटुको समस्या बोकेर आएका बच्चाहरूको शारीरिक विकासमा समस्या हुने, हात खुट्टा वा पूरै शरीर पहेँलाे हुनेजस्ता समस्या देखिन्छन्। वंशाणुगत समस्याले मुटुरोग भएमा बच्चाका तौल पनि नबढ्ने हुन्छ।
खासगरी शरीरको तौल, सुगर, कोलेस्ट्रोलको मात्रालाई सन्तुलनमा नराख्दा जुनसुकै उमेरका मानिसमा पनि मुटु रोगको अत्यधिक सम्भावना हुन्छ। अत्यधिक धूमपान, खैनी सेवन गर्ने मुटुरोगको उच्च जोखिममा हुन्छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण