घरमा यसरी बनाउनुस् स्वस्थकर मेहन्दी
साउन महिनामा प्रत्येक किशोरी र युवतीका हात पाखुरा कलात्मक मेहन्दीले ढाकेको पाइन्छ। तर बजारमा पाइने अधिकांश मेहन्दी अस्वस्थकर हुने चिकित्सकहरू बताउँछन्। यसले छालासम्बन्धी रोग निम्त्याउने उनीहरूको भनाइ छ।
मेहन्दी घरमै पनि बनाउन सकिन्छ। मेहन्दीलाई गाढा लाग्ने बनाउन विभिन्न केमिकल प्रयोग हुने भएका कारण यस्तो मेहन्दीको सट्टा घरमै बनाइएको मेहन्दीको प्रयोग राम्रो हुन्छ।
मेहन्दीको पातलाई पिसेर पनि यसलाई बनाउन सकिन्छ। तिउरीमा फर्सीको फूल र सिमीको पात मिसाएर पनि घरमै मेहन्दी बनाउन सकिन्छ।
मेहन्दी लगाउने तरिका
मेहन्दीको धुलोलाई मलमलको कपडाले दुई तीन पटकसम्म छान्ने,
चियापत्तीको पानीमा मेहन्दीलाई करिब पाँच घण्टा भिजाउने,
मेहन्दीको तेल केही थोपा मिसाउँदा मेहन्दी गाढा बस्छ,
त्यसपछि तयार भएको मेहन्दीलाई लगाउन मिल्नेगरी तयार गरिएको प्लास्टिकको कोनमा भर्ने र आफूले चाहेको आकृति अनुसार लगाउने।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य