Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शहरकाे व्यस्त जीवनशैली : यसरी बचाैँ शारीरिक र मानसिक समस्याबाट

शहरकाे व्यस्त जीवनशैली : यसरी बचाैँ शारीरिक र मानसिक समस्याबाट

शहरी क्षेत्रको जीवनशैली व्यस्त छ। व्यस्त जीवनशैलीबीच मानिसले आफ्नो स्वास्थ्यको ख्याल राख्न पाइरहेको हुँदैन। खानपान प्रकृति छैन। व्यायाम छैन। त्यसैले निप्रतिदिन मानिसहरूमा दम, मधुमेह, रक्तचाप, क्यान्सर र मानसिक समस्या बढेको छ। यति मात्र होइन मुटु र मिर्गौलाका रोगी पनि थपिएका छन्।

वातावरण प्रदूषणको मुख्य कारण हो– धुलो, धुवाँ र फोहर। फोहोर व्यवस्थापन नहुँदा अधिकांश पानीका स्रोत पनि दूषित हुन पुगेका छन्। उद्योगधन्दा र गाडीबाट निस्किने धुवाँधुलोको व्यवस्थापन छैन। सडकबाट निस्कने धुलो र धुवाँले फोक्सोमा असर गर्छ। श्वास–प्रश्वाससम्बन्धी विभिन्न रोग लाग्छ। धुलोका कारण छालासम्बन्धी समस्याले सताउँछ।

शहरवासीले खाने प्रायः खाद्यान्नमा मिसावट हुन्छ। तरकारी, फलफूल र सागपात ताजा राख्न विषादी हालिएको हुन्छ। यसले मुटुमा समस्या ल्याउन सक्छ। ‘देख्दा आकर्षक र खाउँखाउँ लाग्ने फास्टफुड वा स्ट्रिट फुड स्वस्थकर हुँदैन’, मुटुरोग विशेषज्ञ डा. भगवान् कोइराला भन्छन्, ‘यिनमा प्रयोग भएका नुन र चिनीको अत्यधिक मात्राले दीर्घरोगको सम्भावना बढाउँछ।’

शहरका अधिकांश मानिस कार्यालयमा वा दौडधुपमा व्यस्त रहने हुन्छन्। कामको चापले तनाव व्यवस्थापनको समय हुँदैन । तनावले शारीरिक त छँदैछ, मानसिक स्वास्थ्य समस्यासमेत उत्पन्न हुन्छ । काम र दौडधुपका कारण मानिसहरूमा झर्किने, रिसाउनेजस्ता समस्या उत्पन्न हुन्छन्। अन्य जटिल मानसिक समस्या पनि हुन्छ ।

आधुनिक देखिने नाममा अचेल शहरका केटाकेटीहरू स्कुल तहदेखि नै धूमपान मद्यपानमा लागेका भेटिन्छन्। धूमपान गर्नेलाई भन्दा वरिपरिकालाई बढी असर गर्छ। धूमपानले दम, मुख, घाँटी र फोक्सोको क्यान्सर हुन सक्छ। रक्सीका कारण शारीरिक र मानसिक दुवै समस्या हुन्छ ।

डा. काेइरालाका अनुसार नियमित व्यायामले धेरै रोगबाट बचाउँछ। धूमपान मद्यपानजस्ता कुलतबाट टाढै रहनुपर्छ। अनिवार्य रूपमा नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ । कुनै समस्या देखिए चिकित्सकको सल्लाह लिनुपर्छ।
तनावको व्यवस्थापन गरिहाल्नु पर्छ ।

खानपानमा ध्यान दिने, कुलतमा नफस्ने र नियमित व्यायाम गर्ने कार्यले शारीरिक रूपमा स्वस्थ राख्छ। परिवारलाई समय दिने, घुमघाममा निस्किने, मनोरञ्जन गर्ने जस्ता कार्यले पनि मानिसलाई मानसिक समस्या हुनबाट जोगाउँछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।