महिनावारीमा यसरी गर्नुस् सरसफाइ, खानुस् यस्ता खानेकुरा
महिनावारी (रजस्वला) लाई विशेष रूपमा किन पनि हेर्नुपर्छ भने यसपछि मात्र महिलालाई आफू जस्तै अर्का व्यक्ति जन्माउन सक्ने क्षमता प्राप्त हुन्छ। महिनावारीलाई यसैको संकेतका रूपमा लिन सकिन्छ । महिनावारी नभएसम्म प्रजनन क्षमता प्राप्त हुँदैन।
सामान्यतया स्वस्थ छ र खानपान राम्रो छ भने ११\१२ वर्षको उमेरमै महिनावारी शुरु हुन्छ। तर कसैकसैको शरीरको बनोटअनुसार त्यसअघि नै वा १३\१४ वर्षमा पनि शुरु हुनसक्छ।
महिनावारी महिलामा हुने नियमित प्रक्रिया हो। शरीरमा भएको रगत महिना महिनामा योनिद्वारबाट बाहिर जान्छ। कतिपयलाई शरीरमा विकारका रूपमा रहेको रगत बाहिर जाने भन्ने भ्रम छ। यो बिल्कुलै गलत हो।
महिनावारीका क्रममा शरीरमा आवश्यक रगत नै बाहिर जाने हो। त्यसैले यो समयमा महिलाहरू बढी कमजोर हुन्छन्। त्यसैकारण यो वेला उनीहरूलाई बढी हेरचाह आवश्यक हुन्छ।
महिनावारीका बेला सरसफाइमा भने निकै ध्यान दिनुपर्छ। ‘प्राइभेट अंग’हरुमा छिटो संक्रमण हुने सम्भावना बढी हुने हुँदा पनि अझ बढी ध्यान दिनुपर्छ। यो वेलामा बिहान बेलुका नुहाउने गर्नुपर्छ। सेनेटेरी प्याड तथा मलमल कपडाको प्रयोग गर्नु पर्छ। सेनेटरी प्याड प्रयोग सकेसम्म तीन\तीन घण्टामा फेर्नुपर्छ। कपडा प्रयोग गर्दा पनि आवश्यकता अनुसार फेरेर कपडालाई राम्रोसँग घाममा सुकाएर मात्र प्रयोग गर्नुपर्छ।
यसका साथै अरु समय भन्दा बढी पोषिलो खानेकुरा खानुपर्छ। दूध, दही, माछा मासु र झोलिलो खानेकुरा खानुपर्छ। यस्तै पर्याप्त आराम गर्नुपर्छ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. बिना बस्न्यातसँगको कुराकानीमा आधारित




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य