स्वस्थ जीवन बिताउन शाकाहार
शाकाहारी जीवन स्वास्थ्यका लागि लाभदायी छ भन्ने जानेर नै पछिल्लो समयमा धेरै मानिस शाकाहारी बन्न थालेका छन्। शाकाहार जीवनको एउटा आधार मान्ने चलन पनि बढ्दै गएको छ। शाकाहारी हुनुका यी हुन् फाइदा–
स्वास्थ्य
शाकाहारी खानामा रोगसँग लड्ने शक्ति हुन्छ। तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता आवश्यक तत्त्व पाइन्छन्। साथै, प्रोटिन, कार्बोहाइड्रेड, फाइबर, क्यालोरीजस्ता शरीरका लागि अत्यावश्यक तत्त्व पनि शाकाहारी खानेकुरामा पाइन्छ। शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई मुटुरोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ। महिलामा स्तन क्यान्सर हुँदैन।
पर्यावरण
मासु उत्पादनका लागि करिब पाँचदेखि पाँच हजार लिटरसम्म पानी खपत भइरहेको हुन्छ। अझ यसैकारण सहरी क्षेत्रमा पानीको अभाव बढिरहेको छ, जहाँ मासुको खपत पनि बढी हुन्छ। यसरी माछामासुको अत्यधिक प्रयोगले अप्रत्यक्ष रूपमा पर्यावरणमा असर पुर्याइरहेको छ। धेरै मानिस शाकाहारी बन्ने हो भने केही मात्रामा वातावरण प्रदूषण हुनबाट बचाउन सकिन्छ।
मौसम परिवर्तन
पछिल्लो समय ग्लोबल वार्मिङ तीव्र गतिमा बढिरहेको छ। यसको मुख्य कारण मानिसको जीवनशैली हो। ओजन तहलाई असर पार्ने ‘क्लोरोफ्लोरो’ कार्बनको स्रोत दूध र मासुका लागि पालिएका पशुपक्षीलाई मानिएको छ। मासु उत्पादनका क्रममा उत्पादित ग्यास मौसम परिवर्तनको कारण बनिरहेका छन्। मासुजन्य उत्पादन मात्रै रोकिएमा करिब आधा प्रतिशत खतरनाक ग्यास उत्पादन घट्न सक्ने बताइन्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’