गर्भ रहँदा महिलामा देखिने परिवर्तन
गर्भवती हुनुको पहिलो संकेत महिनावारी रोकिनु हो। तर, गर्भ रहेको केही हप्तापछि मात्रै महिनावारी रोकिन्छ।
गर्भधारण गरेको एक–दुई हप्तामै स्तनको टुप्पोमा कालो रङ देखा पर्छ। त्यहाँ हल्का दुख्छ पनि।
गर्भ रहेको शुरूशरूमा बान्ता हुने र थकान महसुस हुनेजस्ता लक्षण देखा पर्छ।
गर्भ रहेको सुरुवाती समयमा ८० प्रतिशतभन्दा बढी महिलामा खाना नपच्ने, स्वाद मन नपर्ने तथा वाकवाकी लाग्ने हुन्छ।
गर्भ रहेपछि साबिकको भन्दा बढी पिसाब लागिरहने हुन्छ। यो रातको समयमा बढी हुन्छ।
गर्भ रहेका वेला रक्तचाप कम हुने भएकाले रिंगटा लाग्छ। गर्भ रहेको पहिलो तीन महिनामा रक्तचाप घटेर जान्छ।
गर्भ रहेकाे समय हर्मोनमा परिवर्तन हुने भएकाले स्वभावमा समेत परिवर्तन आउन थाल्छ।









मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान