गर्भ रहँदा महिलामा देखिने परिवर्तन
गर्भवती हुनुको पहिलो संकेत महिनावारी रोकिनु हो। तर, गर्भ रहेको केही हप्तापछि मात्रै महिनावारी रोकिन्छ।
गर्भधारण गरेको एक–दुई हप्तामै स्तनको टुप्पोमा कालो रङ देखा पर्छ। त्यहाँ हल्का दुख्छ पनि।
गर्भ रहेको शुरूशरूमा बान्ता हुने र थकान महसुस हुनेजस्ता लक्षण देखा पर्छ।
गर्भ रहेको सुरुवाती समयमा ८० प्रतिशतभन्दा बढी महिलामा खाना नपच्ने, स्वाद मन नपर्ने तथा वाकवाकी लाग्ने हुन्छ।
गर्भ रहेपछि साबिकको भन्दा बढी पिसाब लागिरहने हुन्छ। यो रातको समयमा बढी हुन्छ।
गर्भ रहेका वेला रक्तचाप कम हुने भएकाले रिंगटा लाग्छ। गर्भ रहेको पहिलो तीन महिनामा रक्तचाप घटेर जान्छ।
गर्भ रहेकाे समय हर्मोनमा परिवर्तन हुने भएकाले स्वभावमा समेत परिवर्तन आउन थाल्छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड