Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अल्सर छ? के खाने? के नखाने?

अल्सर छ? के खाने? के नखाने?

अधिकांश नेपालीको साझा रोग हो, ग्यास्ट्रिक। ग्यास्ट्रिककै समस्याले निम्त्याउने रोग हो, अल्सर। खराब खानपान र खाने शैलीका कारण धेरै नेपाली ग्यास्ट्रिक रोगी भएका छन्। त्यसमध्ये कतिपय अल्सरले पीडित छन्।

यो पेट वा सानो आन्द्रामा हुने संक्रमण, घाउ वा प्वाल हो। अर्थात् यसै अवस्थालाई अल्सर भन्ने गरिन्छ। यसलाई पेस्टिक अल्सर वा ग्यास्ट्रिक अल्सर भनिन्छ।

जब हाम्रो पेटलाई खाना पाचन गराउने एसिडबाट बचाउने बाक्लो पत्र म्युकस पातलो हुन्छ त्यसपछि अल्सरको संक्रमण हुन्छ। पाचन गराउने एसिडले आन्द्रामा घाउ बनाउँछ। यसलाई अल्सर भनिन्छ। चिकित्सकका अनुसार पेटमा हेलियो ब्याक्टर पायलोरी नामक ब्याक्टेरियाको संक्रमणले हुन्छ।

यसबाहेक चिकित्सकको सल्लाहबिना लगातार लामो समयसम्म दुखाई कम गर्ने गोली खानाले पनि पेटमा घाउ हुन्छ र अल्सर हुन्छ।

पेटमा अल्सर हुने अवस्थामा बिरामीलाई एन्टियोबायोटिक्स लामो समयसम्म चलाइन्छ साथै एसिड ब्लकर्स पनि दिइन्छ। यसबाहेक नियमित भोजनको रुपमा बिरामीलाई सादा भोजन गर्न आवश्यक छ।

सादा खानेकुराले अल्सर पैदा गर्ने ब्याक्टेरियाबाट लड्न मद्दत मिल्छ। बन्दागोभी, काउली, मुला, स्ट्रबेरी, चेरी, ब्रोकाउली, हरिया सागसब्जी, दही, मह, लसुन, ग्रीन टी, बेसार मिसाएको दूध आदि खानु राम्रो हुन्छ।

यी सबै खाद्यपदार्थ यसकारण उपयोगी छन् किनभने यी खानेकुरा एन्टिअक्सिडेन्टबाट भरपुर छन्। यी खाद्यपदार्थले शरीरको रोग प्रतिरोधी प्रणालीको सुरक्षा पनि गर्छ र शरीरलाई संक्रमणबाट लड्नसक्रिय बनाउँछ। यसको मद्दतले पेटको क्यान्सरबाट जोगिन सुरक्षा मिल्छ। केही सोधबाट ‘ओलिभ आयल’ पनि यो ब्याक्टेरियाको संक्रमण टाढा गर्न समर्थ भएको पाइएको छ।

जो मानिसहरुलाई पेटमा अल्सर हुन्छ उनीहरुलाई पेटबाट एसिड बाहिर आउने समस्या हुन्छ। उनीहरूले अमिला खानेकुरा खान र पिउनबाट बन्द गर्नुपर्छ।

खासगरि कफी, चकलेट, पिरो र मसालेदार खाना, मदिरा, गाेलभेँडा र कागती जस्ता अमिलो खानेकुरा खानु हुँदैन। त्यस्तै खाना धेरै खाने, सुत्ने र खाना खाने समयबीच कम वा धेरै अन्तर राख्नु हुँदैन।

हेलियो ब्याक्टर पायलोरी नामक ब्याक्टेरियाले हुने अधिकांश अल्सर उपचारबाट ठिक हुन्छन् तर यदि उपचारमा सावधानी अपनाइएन र राम्रोसँग उपचार गरिएन अवस्था बिग्रिँदै गएर पछि पेटको क्यान्सरसमेत हुनसक्छ।