नुन : हाम्रो शरीरलाई कति आवश्यक ?
नुन हाम्रो शरीरका लागि अत्यावश्यक पदार्थ हो। यसले शरीरमा सोडियमको मात्रा कायम राख्छ।
मांसपेशी, तन्त्रिका, तरल पदार्थ आदिलाई सन्तुलनमा राख्न पनि नुनमा पाइने तत्त्वले विशेष भूमिका हुन्छ। तर त्यही नुन अत्यधिक खाएमा शरीरमा नकारात्मक असर पार्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार एउटा व्यक्तिले प्रत्येक दिन पाँच ग्रामभन्दा बढी नुन सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छ।
प्रशोधित खानेकुरामा प्रयोग गरिने अत्यधिक नुनले पेटमा क्यान्सर हुने सम्भावना हुन्छ। सामान्यतया मिर्गौलाले शरीरमा रहेका विकारजन्य वस्तु हटाउने, तरल पदार्थ सन्तुलनमा राख्ने र रातो रक्तकोषिकाको वृद्धिलाई नियन्त्रण गर्ने काम गर्छ ।
उच्च सोडियमयुक्त खाना, खासगरी प्रशोधित खाद्यपदार्थले शरीरमा आवश्यकताभन्दा बढी पानीको मात्रा कायम गर्छ, जसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउँछ।
उच्च रक्तचापका बिरामीले बढी नुन सेवन गर्दा मिर्गौलाले शरीरका विषाक्त तत्त्व हटाउन असमर्थ हुन्छ। परिणामस्वरूप मिर्गौला बिग्रिने सम्भावना हुन्छ।
नुनको बढी सेवनले मस्तिष्क, धमनी र मुटुमा बढी असर गर्छ। शरीरका रसायनमा असन्तुलन आई मानिसको मृत्युसमेत हुन सक्छ। वयस्क मानिसमा आवश्यकभन्दा बढी सोडियम हृदयरोगको कारक बन्छ।
सोडियमको अत्यधिक मात्राले उच्च रक्तचाप निम्त्याउँछ। बुढेसकालमा सोच्ने शक्तिमा समेत ह्रास ल्याउँछ। शरीरमा सोडियमको मात्रा बढी हुँदा घुँडा र हातखुट्टा सुन्निने समस्या आउँछ।
वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?
किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने
डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ