कपाल चाँडै फुल्ने कारण र उपचार
काठमाडौं : अचेल सानै उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई चिन्तित बनाएको हुन्छ। यसले मानिसमा निराशापन समेत बढाउँछ।
चिकित्सकका अनुसार कपाल फुल्ने प्रमुख कारण वंशाणुगत नै हाे। बुबाआमाको कम उमेरमा नै कपाल फुलेको थियो भने पनि कम उमेरमै कपाल फुल्न सक्छ। यसबाहेक रक्तअल्पता, थाइराइड, भिटामिनको कमी, जिङ्कको कमी, विभिन्न औषधि सेवन, एन्टी क्यान्सर औषधि सेवनजस्ता कारण पनि कपाल फुल्छ।
बालबालिकालाई चाहिने पौष्टिक आहारको कमी भए कुषोषण हुनुको साथै कपाललाई आवश्यक पर्ने पौष्टिक तत्त्व कमी हुन्छ। यसका कारण उमेर भन्दा पहिला नै कपाल फुल्ने सम्भावना हुन्छ। यस्तै क्यान्सर, एड्स जस्ता रोग लाग्यो भने तथा कलेजो तथा पेटका रोगहरूका कारण पनि कपाल फुल्छ।
त्यसबाहेक प्रदूषणका कारणले पनि चाँडै कपाल फुल्छ। कपालमा धेरै मात्रामा केमिकलको प्रयोग गर्ने, कपालमा विभिन्न थरीको रङ लगाउनेबजारमा पाइने केमिकल युक्त मेहेन्दीको प्रयोगका कारण पनि कपाल फुल्छ।
वंशाणुगत कारणले कपाल फुलेको हो भने यसलाई रोकथाम गर्न सकिँदैन। तर पौष्टिक आहारको कारण हो भने खानपानमा विशेष ध्यान दिनुपर्छ। पौष्टिक आहारको साथै सन्तुलित भोजनको पनि उत्तिकै आवश्यक पर्छ। साथै खानामा सधैँ हरियो सागपातको प्रयोग गर्नुपर्छ।
यसबाहेक क्याल्सियम प्यान्टोथिनेट अर्थात भिटामिन बी फाइभको सेवन गर्नुपर्छ। के कारणले कपाल फुल्ने समस्या देखिएको हो त्यसको पहिचान गरी सो अनुसार उपचार गर्नुपर्छ।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार