साना बालबालिकाले दिनमा कति पानी पिउने?
जन्मिँदा बालबालिकाको शरीरमा तरल पदार्थको मात्रा झण्डै ७५ प्रतिशत हुन्छ। हुर्किँदै गरेका बालबालिका र वयस्कको शरीरमा तरल पदार्थको मात्रा झण्डै ६० प्रतिशत हुन्छ।
हाम्रो शरीरमा रहेका कोषहरूले काम गर्नका लागि तरल पदार्थकै भर परेका हुन्छन्। यस्तै शरीरलाई नचाहिने पदार्थ बाहिर निकाल्न पनि तरल पदार्थकै प्रमुख भूमिका हुन्छ। वयस्क हुन् वा बालबालिका सबैको स्वास्थ्यमा उनीहरुले लिने तरल पदार्थको मात्रा र प्रकारको असर रहन्छ।
बालबालिकाले लिनु पर्ने तरल पदार्थको मात्रामा विविधता छ। उमेर र लिंगका आधारमा तथा मौसम र शारीरिक गतिविधिका आधारमा यसको निर्धारण गर्न सकिन्छ।
तर सामान्य रूपमा ४ देखि १३ वर्षसम्मका बालबालिकाले एक दिनमा ६–८ ग्लास तरल पदार्थ पिउनु पर्छ। चार वर्ष भन्दा कम उमेरका बालबालिकालाई चाहिने तरल पदार्थको मात्रा कम हुन्छ।
एक दिनमा कुन उमेरकाले कति पानी पिउने?
४–८ वर्षका बालबालिकाः दिनको १.१ देखि १.३ लिटर
९–१३ वर्षसम्मका बालिकाः दिनको १.३ देखि १.५ लिटर
९–१३ वर्षसम्मका बालकः १.५ देखि १.७ लिटर
पानीसँगै हामीले खाने विभिन्न प्रकारका अरु पेय पदार्थ, खाद्यान्न तथा फलफूलमा पनि पानीको मात्रा हुन्छ। यसले शरीरमा तरल पदार्थको मात्रा बढाउन सहयोग गर्छ। काँक्रो, खरबुजालगायतका फलफूलमा९० प्रतिशतसम्म पानीको मात्रा हुन्छ।
सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद तोसिमा कार्कीको माग
क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य, विशेषज्ञहरूको अन्तरक्रिया सम्पन्न
गर्मीमा नरिवल पानी पिउनुका फाइदा
नेपाल विश्व स्वास्थ्य संगठनको ७९औं महासभाको उपाध्यक्षमा निर्वाचित
विश्व स्वास्थ्य सभामा महिला अधिकार र स्वास्थ्य न्यायको माग