भान्सामा रहेका सेता विष, जो नभई हुँदैनन्
भान्सामा रहेका चार खानेकुरा हामी दिनहुँ सेवन गर्छौँ तर ती पदार्थले फाइदा गर्नुको साटो हानि नै पुर्याइरहेको हुन्छ। नियमित रूपमा वा अत्यधिक रूपमा प्रयोग गर्दा यी पदार्थले मानिसलाई मधुमेह, क्यान्सर, उच्च रक्तचापजस्ता समस्या निम्तिने जोखिम हुन्छ।
चामल
प्रशोधन प्रक्रियाका क्रममा चामलको बाहिरी पत्र हट्छ। चामल ‘इन्डोस्पर्म’ का रूपमा मात्रै रहन्छ। यो पत्रमा स्टार्च धेरै मात्रामा रहने हुनाले रगतमा सुगर र ग्लुकोजको मात्रा बढ्छ।
चिनी
चिनीमा धेरै क्यालोरी त हुन्छ तर आवश्यक पोषण हुँदैन। यसले ‘मेटाबोलिज्म’लाई हानि पुर्याउँछ र क्यान्सर, मधुमेह, मोटोपना, कलेजोको रोगजस्ता समस्या निम्त्याउँछ। ।
नुन
नुनले शरीरमा पानीको मात्रा कायम गर्छ। धेरै मात्रामा नुन लिँदा शरीरमा ब्लडप्रेसर बढाउँछ। सामान्य नुनमा आयोडिन हुन्छ तर प्रशोधित नुनमा आयोडिन हटाएर फ्लोराइड थपिएको हुन्छ। याे धेरै खाए शरीरमा हानि पुग्छ।
मैदा
मैदाको प्रशोधनको क्रममा यसको ‘इन्डोस्पर्म’लाई जर्म र ब्रानबाट छुट्याइन्छ जुन पाचनको लागि ज्यादै महत्त्वपूर्ण हुन्छ । मैदालाई प्रशोधन गर्ने क्रममा आवश्यक पोषणहरु सबै हराउँछन्।
मैदाबाट बनेका खानेकुराले शरीरको पोषणतत्त्व लिन्छ। यसले शरीरमा भिटामिन र मिनरल्सको कमी हुन्छ।





नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशी
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा सुधा बस्नेत
जलन उपचारमा अपोलोको अनुभव : ८० प्रतिशतसम्म जलेका बिरामीलाई समेत जीवनदान
मस्तिष्क मृत्युपछिको अङ्गदान, पुण्य काम